नुवाकोट घ्याङफेदी दुर्घटना (अपडेट ), २० जनाको मृत्यु-५ जनाको सनाखत

1392 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट, २९ मंसिर – नुवाकोट जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीको घ्याङडाँंडामा शुक्रबार बेलुका भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
शुक्रबार रातिसम्म १८ जनाको मत्यु भएकोमा उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् ।
मृत्यु भएका मध्ये १७ जना पुरुष र ३ महिला रहेका छन् । हालसम्म ५ जनाको सनाखत भएको छ । सनाखत भएकामा शिखरबेंसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदी सिसिपुका ३५ वर्षीय रिवल तामाङ, ४० वर्षीय आइत तामाङ रहेका छन् । सनाखत भएका अन्य दुई जनामा सिसीपुकै शुक्रमान तामाङ र सेनाम लामा रहेको पनि गाउँपालिका अध्यक्ष तामाङले बताए ।
शुक्रवार रातभरी नै जारी रहेको उद्धार कार्य शनिबार बिहान पनि जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल निकै अप्ठेरो भीरमा रहेको र रातको समयमा उज्यालोको अभाव एवम अत्याधिक चिसोका कारण उद्धारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा शुक्रवार साँझ बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा परेको थियो ।