सिद्धलेकको कुम्पुर डाँडामा आधारशिला तालिम 

1070 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक -भाेकालाई एकछाक खाना हाेइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल उक्ति सहित सिद्धलेक साना किसान सवलिकरण परियाेजना अन्तरगतकाे तालिम २०७५ साल पुस ४ गते बुधबार सम्पन्न भएकाे छ ।

सिद्धलेक गाउँ पालिका वडा नं ५ कुम्पुर डाँडामा गठित बालकुमारी महिला स्वाबलम्बी समुहको आयोजनामा गरिएकाे ४ दिने आधारशिला तालिम  सकिएकाे हाे । तालिम संचालनको अवसरमा बाेल्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रयास नेपालकाे कार्यक्रम महिला शसक्तिकरण र आयआर्जन वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएकाे धारणा राख्नुभयाे । कार्यकारी निर्देशक अर्यालले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागिहरुसंग आग्रह गर्नुभयाे ।

४ दिनसम्म सञ्चालन भएकाे तालिममा नेतृत्व बिकास ,सकारात्मक सोच,१२ वटा आधारशीला,ब्यवस्थित खोर निर्माण ,बाख्रापालन र आयआर्जन वृद्धिका विषयमा छलफल भएकाे प्रयास नेपालका पशु स्वास्थ्य प्राविधिक इश्वरी काेइरालाले जानकारी दिनुभयाे । तालिमले आफुलाई निक्कै परिवर्तन गराएकाे र सचेतना अभिवृद्ध भएकाे अध्यक्ष अप्सरा परियनर,र सबिता घलेले बताएका सामुदायिक सहजकर्ता दिनेश परियारले जानकारी दिनु भयो । यसैगरी कुवापानी स्वाबलम्बी महिला समुह सिद्धलेक ३ गापा कुवापानीमा संचालित ४ दिने आधारसिला तालीम पनि बुधबार नै सकिएको सामुदायिक सहजकर्ता एकराज पण्डितले जानकारी दिनु भयो ।तालिमले जीवन परिवर्तनको बाटो पहिचान भएको समुहकी अध्यक्ष दिलमाया बिसुन्के र सचिव सुस्मिता बिसुन्केको भनाइ रहेको छ ।