गर्न थाले बालक्लवले शिक्षकहरुको मुल्याँकन……….

671 पटक पढिएको

सम्पादक: Dhadingnews.com

प्रबिण तिमल्सिना
सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । कि बालक्लवका विद्यार्थीले शिक्षकहरुको मासिक गतिविधिको मुल्याँकन गर्न थालेका छन्। यो नविनतम कार्य धादिङ्ग जिल्ला पिडा गा.वि.स. वडा नं.४, च्याङ्ली मा रहेको श्री डोलभन्ज्याङ्ग मा.वि.रहेको प्रगतिशील बालक्लवले शुरुवात गरेको हो। प्रयास नेपाल धादिङ्गले बालक्लव गठन गरेपछि विभिन्न तालिमहरु प्राप्त गरेपछि उनीहरु बालक्लवले विद्यालयमा के गर्न सक्छ र समुदायमा के के गर्न सक्छ जस्ता लगायतका विषयमा स्पष्ट भए । “पहिले सरहरुसंग कुरा गर्न पनि डर लाग्थ्यो। गरिहाले पनि सरहरुले गाली गर्नु हुन्थ्यो अहिले प्रयास नेपालको आड पाएका छौं। उनी उहाँहरु निरन्तर आइरहनु हुन्छ हामी सबैलाइै सरहरुसंगै राखेर कुरा गर्नु हुन्छ त्यसैले हामीलाई अहिले भने डर लाग्न छाडेको छ । सरहरुले पनि पहिलेको भन्दा राम्रो व्यवहार गर्नु हुन्छ।”  भनि प्रगतिशिल बालक्लवका अध्यक्ष शुशिला पुलामी मगर भन्छिन् ।
“बालक्लवले मुल्याँकन गर्न थालेको छ अव पनि शिक्षकहरुले यस्तो गल्ती कमजोरी दोहो–याउन थाले भने भोली बालक्लवले खुल्ला रुपमा सबैको अगाडी उक्त कुरा उठाउने भयो। त्यसैले यस कार्यले गर्दा शिक्षकहरु आफै सुध्रिने मौका दिएको छ। अब शिक्षकहरु घण्टी लाग्न साथ कक्षा कोठामा जाने, पुरा पिरियड भरि कक्षामा रहने र कक्षामा पनि विभिन्न रमाइलो क्रियाकलाप गराउने गर्न थालेका छन् । हामी निस्क्रिय हुन सक्ने अवस्थामा बालक्लवले हाम्रो पनि निगरानी राख्नाले हामी सबै सतर्क हुन थालेका छौं । यसले समग्रमा हाम्रो विद्यालयको विकास र शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पार्छ” भनि डोलभन्ज्याङ माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक विनोद थापा भन्नु हुन्छ । हुन पनि हो हरेक घण्टीका जिम्मेवार शिक्षकको महिना भरिको मुल्याँकन गरि महिनाको अन्तिममा शिक्षक तथा बालक्लवका बिचमा हुने समिक्षा बैठकमा हरेक शिक्षकको मुल्याँकन बालक्लवका तर्फबाट हुने हुनाले हाल विद्यालयमा धेरै परिवर्तन भएको सबै शिक्षकहरु स्वीकार गर्नु हुन्छ ।
हुन पनि युनाइटेड मिसन टु नेपालसंगको साझेदारीमा प्रयास नेपाल धादिङद्धारा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्तर्गत पिडा र महादेवस्थानमा गठन भएका बालक्लवहरुले विद्यालयमा गजब कै परिवर्तन गरेका छन् । पहिले लाईनमा नबस्ने गरेकोमा अहिले बालक्लवको नेतृत्वमा लाइन व्यवस्थापन गर्ने। लाइन बसेको समयमा नै दैनिक रुपमा ३ वटा हाजिरी जवाफ गर्ने । नयाँ खबर घटनाहरु भन्ने सरसफाई चेक गर्ने। कानमा कुण्डल लाएर आए नआएको चेक गर्ने। विद्यालय परिसर तथा कक्षा कोठा सबैको सहभागीतामा दैनिक सफा गर्ने । कक्षा कोठा सफा राख्ने । शौचालय नियमित सफा राख्ने ।जस्ता कार्यहरु हुन थालेको छ । विद्यालयमा आएको यो परिवर्तन देखेर अभिभावकहरु पनि दंग परेका छन् । बाल क्लबमा बसेपछि पढाई बिग्रीन्छ भन्ने अभिभावकहरुले बाल क्लबका पदाधिकारीहरुको २ बर्षको अन्तिम परिक्षाफल तुलना गरेर हेर्दा पढाईको अवस्था झन राम्रो भएको पाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद राज रुपाखेतीको भनाई रहेको छ ।