गल्छीको कार्कीडाँडमा निःशुल्क पशु स्वास्थ्य शिविर

1399 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाँडामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गल्छी गाउँपालिकाको आयोजना र रिम्स नेपालको सहयोगमा शुक्रवार कार्कीडाँडामा पशु स्वास्थ्य शिविर संचालन भएको हो । गल्छी गाउँपालिकाको चालु आर्थिक  बर्षको नियमित कार्यक्रम अन्र्तगत उक्त शिविर संचालन गरिएको हो ।
शिविरको  अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडी, ४ नम्बर वडाका अध्यक्ष राजु अधिकारी, रिम्स नेपालका कार्यक्रम संयोजक चेतनाथ त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । शिविरमा धादिङ भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख विनोद यादव र प्राविधिक सहायक घुरन मण्डल,गल्छी गाउँपालिका पशुसेवा शाखा संयोजक ना.प.स्वा.प्रा.अश्वस्थामा अर्याल , एक गाउ एक प्राबिधिक ना.प.स्वा.प्रा. मिना अधिकारी, रिम्स नेपालका प्राबिधिक खेमराज कार्की चिरञ्जिबी आचार्य र बिशेष प्राबिधिक सहयोग दिपनारन खतिवडा (शिबराम)को नेत्तृत्वमा रहेको टोलीले पशुको स्वास्थ्य परीक्षण तथा विरामी पशुका लागि औषधि प्रदान गरेका थिए ।
शिविरमा १०५ परिवारको १ सय ४२ भैसी १ सय ५१ गाईगोरु गरी जम्मा २ सय ९३ पशुको गोवर परिक्षण गरि निशुल्क नाम्ले जुकाको औषधि भिटामिन बितरण गरिनुको साथै ७ सय २९ वटा वाख्राको लागी निशुल्क नाम्ले जुकाको औषधि भिटामिन लगाएत बिभिन्न रोग बिरुद्धको औषधि बितरण गरिएको थियो । यसै गरी ६ सय २५ स्थानिय कुखुरा एवं ५ वटा कुकुरलाई निशुल्क औषधि बितरण गरिएको थियो । शिविरमा जम्मा १हजार २२ पशु र ६ सय २५ पंक्षी लाभान्वित भएको गल्छी गाउँपालिका पशुसेवा शाखा संयोजक अर्यालले जानकारी दिनु भयो ।