धादिङ उद्योग वाणिज्य संघमा कस्ले मार्ला बाजी ?

1894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाका उद्यमी व्यवसायीहरुको साझा संस्था धादिङ उद्योग वाणिज्य संघको २५ औं बार्षिक साधारण सभा तथा नवौं अधिबशेन शुक्रवार देखि धादिङबेसीम शुरु भएको छ ।
शुक्रवार धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोधनाथ दुवाडीको अध्यक्षतामा भएको २५ औं बार्षिक साधारण सभा तथा नवौं अधिबशेनको ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले उदघाटन गर्नु भएको थियो ।
शनिवार अधिबेशनको वन्द सत्रले आगामी तीन बर्षका लागि क्षेत्रीय समिति तथा जिल्ला समितिमा नयाँ नेत्तृत्व चयन गर्नेछ । जिल्ला समितिमा अध्यक्ष पदका लागि वामपन्थी व्यवसायीहरुको समर्थनमा रुद्रवहादुर खत्री (रामशरण) र लोकतान्त्रिक समर्थनमा बिष्णु् थपलियाले प्रतिस्पर्धा गर्दैछन । दुवै समूहले आफ्नो जित सुनिश्चित भएको दावी गरेपनि वामपन्थी समूह वलियो रहेको व्यवसायीहरुले दावी गरेका छन । स्थापना काल देखिनै वामपन्थी समूहको बर्चश्व कायम रहँदै आएको र यस पटक दुई ठुला कम्युनिष्ठ पार्टी एक भएर नेकपा वनेपछि व्यवसायीहरु पनि संगठित भएर अघि बढेकाले विगतको साख कायम रहने वामपन्थी समूहको दावी छ ।