सांगीतिक कार्यक्रम लिएर सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशी धादिङमा

1719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाली गित संगितको जर्गेना र प्रचार प्रसार गर्ने उद्धेश्यले  देशव्यापी सांगीतिक कार्यक्रम सुरु भएको छ ।  खुकुरी रमको उत्पादक दी नेपाल डिस्टिलरिज प्रालिले देशका विभिन्न २० सहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियानअन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशीको प्रस्तुति रहने कम्पनीले जनाएको छ । उक्त अभियानमा माघ २ गते चितवनको मुग्लिनवजारमा कार्यक्रम सम्पन्न भएको छ । धादिङबेसीमा माघ ३ गते र नुवाकोटको सदरमुकाम विदुरमा माघ ४ गते कार्यक्रम हुने  छ । कार्यक्रममा सहभागीले भरपूर  सांगीतिक आनन्द लिन सक्ने आयोजकले जनाएका छन् ।

पश्चिमका ८ सहरमा प्रस्तुति
पोखरेल, परियार र जोशीको टोलीले २९ पुसमा दमौली र ३० पुसमा गोरखामा कार्यक्रम गर्नेछन् । त्यस्तै १ माघमा बेँसीसहर, २ माघमा मुग्लिङ, ३ माघमा धादिङ र ४ माघमा त्रिशूलीमा सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएका छन् । कार्यक्रम खुकुरी रमको सांगीतिक अभियानको दोस्रो चरणअन्तर्गत रहेको कम्पनीले जनाएको छ ।

पूर्वका १२ सहरमा सन्दीप र इन्दिराको  सांगीतिक प्रस्तुति
त्यस्तै तेस्रो चरणअन्तर्गत पूर्वका विभिन्न सहरमा पनि सांगीतिक कार्यक्रम सुरु भएको छ । जसअन्तर्गत २५ पुसमा बिर्तामोडमा र २६ पुसमा दमकमा सन्दीप क्षत्री र इन्दिरा जोशीको समूहले प्रस्तुति दिएको छ । शुक्रबार इटहरीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

कम्पनीका अनुसार २८ पुसमा धनकुटा, २९ पुसमा धरान, ३० पुसमा इनरवामा कार्यक्रम आयोजना हुने भएको छ । खुकुरी रमको उत्पादक दी नेपाल डिस्टिलरिजका अनुसार १ माघमा लाहान, २ माघमा बर्दिवास, ३ माघमा सिन्धुलीमाडी, ४ माघमा निजगढमा कार्यक्रम हुनेछ । त्यस्तै, ५ माघमा चन्द्रनिगाहपुर र ६ माघमा वीरगन्जमा कार्यक्रम हुने कम्पनीको भनाइ छ । पूर्वका सबै कार्यक्रममा सन्दीप क्षत्री र इन्दिरा जोशी सहभागी हुने आयोजकको भनाइ छ ।

भिडियो हेर्न यहाँ जानुहोस