खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि सांसदहरुको प्रतिवद्धता

1302 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- खाध्य अधिकार तथा खाध्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा  शशक्त पहल गर्ने सांसदहरुले वताएका छन् । खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि पैरवी तथा वकालत गर्दै आएको फियान नेपालको ११ औं साधारण सभाको अवसर पारेर कार्यक्रममा सहभागी सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
शनिवार धादिङको गल्छीमा सम्पन्न भएको फुड फस्र्ट इन्फरमेशन नेटवर्क ( फियान नेपाल)को ११ औं साधारण सभाको अवसर पारेर संस्थाले आयोजना गरेको खाध्य अधिकार तथा खाध्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सांसदहरुले आफ्नो प्रतिवद्धता जनाएका हुन् । संस्थाका कार्यकारी निर्देशक अशोक वहादुर सिंहले कार्यक्रममा खाध्य अधिकार तथा खाध्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा सरोकारवालाको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमका सहभागीहरुले कार्यपत्र माथि आ–आफ्नो धारणा राखेका थिए ।
साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद भूमि प्रसाद त्रिपाठीको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय सभाका सांसदहरु वलराम बाँस्कोटा र रामलखन हरिजनको बिशेष आतिथ्य रहेको थियो । यसै गरी धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जितराम लामा,नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली गैसस महासंघ ३ नम्बर प्रदेश समितिका उपाध्यक्ष दामोदर अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फियान नेपालका अध्यक्ष अम्मरवहादुर ऐरको अध्यक्षतामा भएको साधारण सभाको धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद त्रिपाठीले उद्घाटन गरेका थिए । कार्यक्रममा फियान नेपालका सदस्य चम्पासिंह भडारी,कर्मचारीहरु राजेन्द्र बस्नेत र सुमन पियालाई सम्मान गरिएको थियो । बस्नेत फियान नेपालको धादिङ स्थित फिल्ड कार्यालयका अधिकृत हुन ।
खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि वकालत तथा पैरबी गर्दे आएको फियान नेपालले धादिङ लगायत विभिन्न जिल्लामा क्रियाशिल रही जस्को सवाल उसैको नेत्तृत्व स्थापितका लागि पहल गर्दै आईरहेको छ ।