खानेपानी योजना मर्मत सम्भार कार्यकर्तालाई तालिम

1221 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेखु – खानेपानी तथा सरसफाई आयोजनाका निर्माण,गुणस्तर कायम, दिगो ब्यबस्थापन,मंर्मत सम्भारकोष व्यवस्थापन लगायतका बिषयमा जानकारी दिन आयोजित मंर्मत सम्भार  तालिम  सम्पन्न भएको छ ।

प्रयास नेपाल धादिङले अक्सफामको साझेदारीमा संचालन हुन लागेका गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा खानेपानी योजना संचालन भएका आठ ओटा खानेपानी तथा सरसफाई आयोजनाका मंर्मत सम्भार कार्यकर्ता तथा कर्मचारीहरुको क्षमता विकास गर्न तालिम संचालन भएको हो ।

आयोजनाको निमार्ण,गुणस्तर, दिगो ब्यबस्थापन,मंर्मत सम्भार कोष ब्यबस्थापन, जोखिम न्यूनीकरण ,लेखा ब्यबस्थापन लगाएतका बिषयमा ईन्जिनियर भरत अधिकारी र सब ईन्जिनियर धिरज भण्डारीले सहभागीहरुलाई जानकारी गराएका थिए । तालिममा सिद्धलेक र गजुरी गाउँपालिकाका ८ ओटा खानेपानी आयोजनाका दुई जना मंर्मत सम्भार कार्यकर्ता र एक,एक जना कर्मचारी गरि २६ जनाको सहभागी रहेको थियो । तालिमका क्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ,उपाध्यक्ष सीता ढुङ्गाना , सिद्धलेक वडा नं ४ का वडाध्यक्ष रामहरि बराकोटी ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको उपस्थिति रहेको थियोे । तालिम माघ ८गते देखि माघ ११ गते शुक्रबार सम्म संचालन भएको प्रयास नेपालका सब ईन्जीनियर धिरज भण्डारीले जानकारी दिनु भयो ।