स्याखुटारमा बाख्रा उपहार प्रदान कार्यक्रम

1573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(सिद्धलेक )धादिङ –  धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्याखुटारमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत मंगलबार ५४ जना किसानलाई बाख्रा वितरण गरिएको हो ।
स्याखुटार स्वावलम्बी महिला समुहका सदस्यहरुलाई २÷ २ओटा बाख्रा वितरण गरिएको हो । बाख्रा उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराई , प्रयास नेपालका सचिव वीरबहादुर श्रेष्ठ,संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटा ,कार्यकारी निर्देशक दामोदर अर्याल, लगायतको विषेश आतिथ्य रहेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले ग्रामीण भेगका महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागि कृषि तथा पशुपालन निकै महत्वपुर्ण रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले आफुँले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत किसानहरुलाई आग्रह गर्नुभयो ।
यसैगरी अध्यक्ष सिलवालले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपाल धादिङले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले पनि महिला कृषकहरुलाई आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा समुहकी अध्यक्ष भावना घलेले आफुहरुले पाएको उपहारलाई सहि सदुपयोग गर्ने र कार्यक्रम शुरुवात पछि समुदायमा सामाजिक एकता वृद्धि भएको भएको जानकारी दिनु भयो । सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत ८ वटा मुल समूह र ३५ वटा उपहार समूह गठन,सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रा पालन,नश्ल सुधार ,सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार र उत्पादित बस्तुहरुको बजारिकरणमा कार्य हुँदै आएको प्रयास नेपालका प्राविधिक संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।