बुढीगण्डकीको विजुली बितरण गर्न नौबिसे र हेटौँडामा सवस्टेशन निर्माण गरिने

1339 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण हुन नदिन विभिन्न पक्षले नकारात्मक भुमिका निर्वाह गरिरहेको बेला सरकारले यस आयोजनाबाट उत्पादित बिद्युत्त वितरणका लागि चाहिने पुर्वाधार तयारी थालेको छ । बूढीगण्डकी आयोजनाबाट उत्पादित बिद्यु्त्त लाइन बिस्तारका लागि राजधानी नजिकै रहेको धादिङको नौविसे र राजधानीको अर्को छिमेकी जिल्ला मकवानपुरको हेटौडामा सब स्टेशन वन्ने भएको छ ।  सरकारको योजनाअनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडनका लागि धादिङको नौबिसे र मकवानपुरको हेटौँडामा ४००/४०० केभी क्षमताका दुई वटा सवस्टेशन निर्माण गरिने  भएको हो ।

आयोजनास्थलदेखि धादिङको नौबिसेसम्म ४०.३ किलोमिटर लामो प्रसारण लाइनमार्फत नौबिसेमा निर्माण हुने सवस्टेशनमा विद्युत् जोडिनेछ । यस्तै हेटौँडामा निर्माण हुने सवस्टेशनमा कूल ५८.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत जोडिनेछ । प्रसारण लाइन र सवस्टेशनका लागि मार्ग र स्थानको निक्र्यौल गरिनेछ । वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ ।— .फाईल तस्बिर