घरमा घरमा बल्व झुण्डिएको छ ,गाउँबासी टुकीबत्ति बाल्न बाध्य

1326 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४ माघ- पृथ्वीराजमार्गको लामो दुरी धादिङको वेनिघाटरोराङ गाउँपालिकामा पर्दछ । राजमार्ग आसपासका वजार क्षेत्रका वस्ती र वजारमा सबैखाले सुविधा संगै विजुली र सोलारको झिलिमिलि पनि देख्न सकिन्छ । त्यहि राजमार्गले छोएको गाउँपालिकाको चिम्बाङ गाउँमा भने  विजुली वलेको छैन । गाउँभरी विजुलीको लाइन विस्तारका लागि भनेर विजुलीको पोल गाडिएको छ, घरमा घरमा बल्व पनि झुण्डिएको छ तर पनि गाउँबासी टुकीबत्ति बाल्न बाध्य भएका छन ।
गाउँमा विद्युत लाईन पुग्दै नपुगेर गाउँवासीले विजुली वाल्न नपाएका भने हुंदै होइनन, गाउँमा बिस्तार गरिएको मुख्य लाइनमा समस्या आएर बन्द हुन पुगेको हो । बिद्युत्त वितरणका लागी प्रयोग हुने मदरबोर्ड जलेर नयाँ जडान गर्न नसक्दा साविकको महादेवस्थान गाविसमा पर्ने चिम्वाङ्ग गाउँका वासिन्दा महिनौदेखी विजुली वाल्नबाट बञ्चित हुनु परेको स्थानीय कृष्णवहादुर तामाङले वताए ।
गाउँमा विजुली नहुंदा चिम्वाङ्गका स्थानीयहरु अहिले मोवाईल चार्ज गर्न समेत तीन घण्टाको पैदलयात्रा गरेर ताल्ती सम्म पुग्नुपर्ने बाध्यता भएको गाउँलेहरुको भनाई छ । त्यति मात्रै होइन एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु रातीको समयमा पढ्न नपाउँदा समस्या परेको बताउँछन ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा २०६८ सालमा निर्माण गरिएको २० किलोवाटको मलेखु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत यहाँका १ सय २९ घर धुरीले प्रयोग गर्र्दै आएका थिए । गाउँमै उत्त्पादित विजुली प्रयोग गरेवापत गाउँवाीले न्युनतम शुल्क समेत तिर्दै आएको भएपनि मर्मत सम्भारको लागि रकम नभएकाले २०७२ सालको भुकम्पमा विग्रिएको विद्युत्त गृह गाउँवासी मिलेर खर्च जुटाई मर्मत गरी संञ्चालन गरिएको एक वर्ष नवित्दै पटक पटक समस्या आउन थालेपछि वन्द हुन पुगेको स्थानीय चन्द्रवहादुर तामाङले जानकारी दिए ।
विग्रिएको बिद्युत गृहको मदरवोर्ड मर्मतका लागी स्थानीय गाउँलेहरुसंग पैसा नभएको र स्थानीय तह थगा अन्य निकायले खासै चासो नदेखाएकाले गाउँवासी समस्यामा पर्नु परेको उनिहरुको गु्नासो छ । विग्रिएको मेशिन मर्मत गर्ने खर्च जुटाउन नसकेकै कारण चिम्वाङ्गका एक सय २९ घरका वासिन्दाहरु विजुलीको तार मुनीको अन्धकारमा बस्न बाध्य भएका हुन ।

  • धादिङका एनटिभि पत्रकार शिव सिलवालको सहयोगमा