फागुन १६ देखि २६ गते सम्म धादिङ पर्यटन तथा औद्योगिक मेला हुने

1434 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको रायटारमा आगामी फागुन १६ देखि २६ गते सम्म धादिङ पर्यटन तथा औद्योगिक मेला हुने भएको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा उक्त मेला हुन लागेको हो ।
‘अतिथि देवो भव– पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो भन्ने नारा  सहित हुन लागेको मेलामा  स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादन, वैकल्पिक ऊर्जा,  सूचना प्रविधि, औद्योगिक उत्पादन र मेशिनरी लगायतका सामग्री मेलामा  रहनेछन् । साथै  जिल्लाका स्थानीय तह गाउँ बस्ति , जाती समुदायमा पाइने खानाका परिकार, जिल्लाको पर्यटकीय क्षेत्रहरुका साथै कला, साहित्य, संस्कृति, सभ्यताहरुको प्रचार प्रसार, विभिन्न क्षेत्रका प्रदर्शनी तथा मनोरन्जनात्मक प्रस्तुतीहरु रहने जिल्ला होटल संघले शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संघका महासचिव राजन दनाईका अनुसार मेलामा जिल्लामा पाईने खानाका परिकार, तरकारी, मौरीको मह, घ्यु,माछा,सुन्तला, कुखुरा, च्याउका साथै कृषीजन्य, दुग्धजन्य तथा उत्पादनको प्रर्दशनी, जिल्लामा पाईने जडिबुटी र तिनको उपयोगिता सम्वन्धी प्रदर्शनी, जिल्ला भित्र उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु, दैनिक जिवनका लागि उपयोगी विभिन्न आधुनिक यन्त्र, उपकरणको प्रदर्शनीमा राखिनेछ । जिल्ला भित्र स्थापना भएका उद्योग र तिनका उत्पादनको प्रचार प्रसार र वजार खोजी गर्न मेलाले सघाउने महासचिव दनाईले बताउनु भयो ।

मेलामा चर्चित कलाकारहरु पशुपती शर्मा, मनोज मनोज गजुरेल,प्रिती आले, बद्रि पँगेनी, रामजी खाँड, पुर्णकला विसी, बविता बानिँया जेरी लगायतको प्रस्तुती रहने जनाईएको छ ।पत्रकार सम्मेलन संघका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।मेलाका मूल आयोजक समिति गठन गरिएको छ । समितिलाई सघाउ पु¥याउन मेला संचालन सचिवालय समिति, सल्लाहकार समितिका साथै अन्य १८ उपसमिति गठन गरिएको संघले जानकारी दिएको छ ।