महादेबबेसीमा फागुन ११ गते सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुंदै

1382 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेबबेसी । धादिङको थांक्रे गाउँपालिका भित्र छरिएर रहेका तामाङ समुदायले ‘ सोनाम ल्होछार प्रवद्धन हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो पहिचानको आधार’ भन्ने नाराका साथ तामाङ समुदायको राष्ट्रिय महान पर्व २८५५ सोनाम ल्होछार भव्यताका साथ मनाउने भएका छन् । यो बर्ष खि ल्हो (कुकुर वर्ग) को बिदाई गर्दै सुँगुर वर्गको स्वागत गरेर ल्होछार मनाईदैछ । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन वर्ग परिवर्तन हुन्छ ।

बौद्ध धर्मावलम्बी आदिवासी तामाङ समुदायको नयाँ वर्षको रुपमा मनाइने ल्होछार पर्व यो बर्ष २८५५ औं सोनम ल्होछारका रुपमा देशविदेशमा रहेका तामाङ समुदायले मनाईरहेका छन । यसैक्रममा धादिङको थाक्रे गाउँपालिका स्थित महादेववेशी वजारमा आगामी फागुन ११ गते ल्होछार विषेश वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेर २८५५ औं सोनम ल्होछार लागेको तामाङ गुठी समाजले जनाएको छ । समाजले मंगलबार महादेबबेसी वजारमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको जानकारी गराएको हो । मार्फत आज महादेववेशीमा जानकारी गराइएको छ ।
तामाङ गुठी समाज, थाक्रेको आयोजना तथा थाक्रे गाउँपालिका वार्ड नम्बर १, ३, ४ र ५ को सहआयोजनामा हुन लागेको २८५५ सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रममा तामाङ गुरुहरुद्धारा पुजा अर्चना सहित लामा झाँकी, तामाङ भेषभुषाको प्रर्दशनी गरिने भएको छ । यसै गरी सोही कार्यक्रममा थाँक्रे गाउँपालिका भित्र जन्मिएर विभिन्न महत्वपूर्ण पदमा पुगेर राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका तामाङ समुदायका व्यक्तिहरुलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा देश विदेशमा ख्याती कमाएका चर्चित कलाकारहरुको वेजोड सांस्केतिक प्रस्तुती रहने छ । लोकगायक तथा हास्य कलाकार जयनन्द लामा, चर्चित गायिका कुन्ति मोक्तान, आधुनिक गायक शिव परियार, युवा गायक सविन लामा, उत्सव लामा, छेवाङ तेन्जिङ लामा, राज किङ, रजनी लामा लगायतका गायकहरुले आफ्नो सांगितिक प्रस्तुति दिनेछन भने साथमा स्थानिय कलाकारहरुको साथमा तामाङ सेलो,म्हेन्दोमाया, आकर्षक नृत्यहरु रहने आयोजक संस्थाका तर्फबाट सविन लामाले जानकारी दिनु भयो ।
तामाङ जातिको उत्थान,भाषा धर्म र संस्कृतिको संम्बद्र्वन गर्न टेवा पु¥याउने लक्ष्यका साथ आयोजना हुन लागेको सो कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश ३ का कृषि मन्त्रि दावा दोर्जे लामा र बिशेष अतिथिमा कुलमान घिसिङ, कमान सिं लामा लगायतका व्यक्तित्वहरु रहने वताईएको छ । कार्यक्रम संचालनका लागि चाहिने श्रोत थाँक्रे गाउँपालिकाको वडा नंम्बर १, ३, ४ र ५ वाट र आयोजकले विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त जुटाएर व्यवस्थापन गरिने वताईएको छ ।
तामाङ गुठी समाजका अध्यक्ष अमित कुमार घले तामाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समारोह आयोजक समितिका संयोजक जंग वहादुर लामा, थांक्रे १ नम्बर का वडा अध्यक्ष इन्द्रबहादुर थापा, ५ नम्बरका वडा अध्यक्ष भूमिराज तामाङ, गायक तथा सांस्कृतिक विभागका सविन लामाका साथै छार म्हेन्दो महिला समुह, उज्यालो भविश्य महिला समुहका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
राष्ट्रिय पर्व ल्होछारलाई सभ्य र भव्य रुपले सफल पार्न थांक्रे र आसपासमा रहेका गैर तामाङ र तामाङ समुदाय सबैलाई उपस्थित हुन तामाङ गुठीले हार्दिक निमन्त्रणा समेत गरेको छ । कार्यक्रमको मिडिया पार्टनरका रुपमा धादिङ न्यूज डट कम रहेको छ ।