सिपको कारणले उत्साहित छिन् कमला

735 पटक पढिएको

सम्पादक: Dhadingnews.com

–निर्मला श्रेष्ठ
म कमला पुलामी मगर हुँ । म ३८ बर्षको भएँ । मेरो घर धादिङ्ग जिल्लाको पिंडा गाविस वडा नं ५ पर्दछ । मेरो श्रीमान गोपाल पुलामी मगर हुनुहुन्छ । मेरो १ ओटा छोरा र ३ ओटा छोरी गरी जम्मा ६ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत २ रोपनि र बारी  ३ रोपनि छ । saphaltaa ko kathaa
यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ६ महिना मात्र खान पुग्छ । अरु बाँकि महिना ज्याला मजदुरी गरेर खानु पर्छ । सानो परिवार भएता पनि कमाउने जग्गा र स्रोत नभएको कारण घर चलाउन मुश्किल पर्छ। छोरा छोरीहरुको पढाइै अगाडी बढाउन साह्र्र गाह्रो भएको थियो । पैसा नभएकै कारण १ जना ठुलो छोरीले २ वर्ष पढाई छोड्नु परेको थियो । २ वर्ष सम्म स्कुल छाडेर काममा जानु पर्यो ।
जब प्रयास नेपाल धादिङले बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम अन्तर्गत मेरो गाउँमा मुलाखर्क आत्मानिर्भर महिला समुह गठन गर्यो । शुरुमा त मलाई समुहमा बस्न मनै लाग्ने थिएन । किनकि आफ्नो दुःख आफैसँग पैसा नभएको बेलामा बचत गर्नुपर्ने जस्तो लाग्थ्यो । तर मलाई समुहको दिदिबहिनिले सम्झाउनु भयो । मैले पनि बिस्तारै समुहको बारेमा बुझेर समुहमा बस्न थाले । यस समुहको बैठक प्रत्येक महिनाको २५गते बस्दै आएको छ । बैठकमा बसिसकेपछी जन्मदर्ता, बालविवाह, महिला अधिकार,बाल अधिकार आदि बिषयमा छलफल भयो । र मैले पनि ४ वटा छोराछोरीको जन्मदर्ता बनाएको छु । म मेरो छोरा छोरीको विहे २० वर्ष पछि मात्र उनिहरुको बिचारमा गरिदिन्छु । मलाई बाल अधिकारको ४ पक्षको बारेमा पनि थाहा छ । समुहमा बसिसकेपछि मलाइ प्रयास नेपाल धादिङले बाख्रा पालनको लागि ४००० दिएको थियो । त्यसमा ५०० थपि ४५०० मा एउटा बाख्रा किनेको थिए । र अहिले त्यो माउले २ वटा पाठि १ बोका र १ खसि पाएको छ । अहिले खसि बेच्यो भने ५००० बोका २५०० पाठि २१०० को दरले आउछ । खसि दसैमा बेच्छु । अहिले जम्मा ५ वटा बाख्रा भएको छ । मैले समुहको वैठकबाट ऋण पनि लाने गरेकी छु । त्यस ऋण लगेको रकम बाट तरकारी खेति गर्छु ।

अहिले मलाई धेरै सजिलो भएको छ। बाख्राबाट पनि पैसा आउँछ। तरकारी खेतिले पनि सहयोग भएको छ। छोराछोरीलाई पढाउन घरखर्च चलाउन सजिलो भएको छ । मेरो २ वटै छोरीहरु बालक्लवमा छन्। दुवैले यसपाली क्ीऋ पहिलो श्रेणीमा पास गरेको छ। छोरीहरुको पढाईमा धेरै सजिलो भएको छ।  अहिले भन्नुपर्दा वर्ष भरिनै खान पुग्ने अवस्थामा छु । यो प्रयास नेपालले सिकाएको सिपको कारणले गर्दा हो। मेरो जिवन र परिवारलाई परिवर्तन गरिदिनु भएकोमा प्रयास नेपाल धादिङलाई धन्यवाद छ ।