धादिङबेसीबाट ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नीलकण्ठ- धादिङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्धाका दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेकाहरुमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २० को अभिषेक बरुवाल र नीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २० को मनोज लामा रहेका छन् ।
पक्राउ परेका युवाहरुले गएको पुस १७ गते गते सांझ साँढे पाँच बजेको समयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का २१ बर्षिय सन्दिप थपलियालाई ढुङ्गा लगायतका अन्य हतियारले मरणासन्न हुने गरी कुटपिट गरी घटना पछि उनिहरु फरार रहेको प्रहरीले जनाएको छ ।
फरार रहेका युवाहरु बिरुद्ध पुस २६ गते ज्यान मार्ने उद्योग शीर्षकमा मुद्धा दर्ता भएपछि अनुसन्धान अघि बढाइएकोमा फागुन ३ गते सांझ ५ बजे तिर बिशेष सूचनाको आधारमा उनिहरुलाई शान्तबजार चोक बाट पक्राउ गरिएको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको र आईतबार जिल्ला अदालत धादिङ बाट म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले वताउनु भयो ।