पूर्वअर्थमन्त्री अधिकारीको अवस्था अत्यन्त चिन्ताजनक : चिकित्सक

851 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राजधानीको ह्याम्स अस्पतालमा उपाचारत पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेको उनको उपचारमा खटिएका चिकित्सकले बताएका छन्।

नेता अधिकारीको पछिल्लो स्वास्थ्य अबस्थाबारे जानकारी गराउन अस्पतालले शनिबार अपरान्ह गरेको पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा उनका सबै अंगले काम गर्न छाडेको ह्याम्स अस्पतालका डा. हेमराज पनेरुले जानकारी गराए।

ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले उनलाई भेन्टिेलेटरमा राखेर उपचार गराउँदै आएको छ। लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक पटक भइरहेको थियो।

पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो। त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।ह्याम्समा स्वास्थ्य अवस्था जटिल बनेपछि दुुईसातादेखि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

उनको स्वास्थ्य जटिल हुँदै गएपछि दुवईमा रहेकी कान्छी छोरी र सिक्किममा रहेकी जेठी छोरी काठमाडौं आइपुगिसकेका छन् । ८३ बर्षीय अधिकारीले २०६१ र २०६८ मा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको कार्यभार सम्हालेका थिए।