स्थानीय तहका प्रशासकीय अधिकृतहरुको पदस्थापन, धादिङमा अधिकांश पुरानै

1824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिमा कार्यरत ५ सय ८ जना अधिकृतहरुको पदस्थापन गरेको छ । कर्मचारी समायोजन अन्र्तगत धादिङ जिल्लाका अधिकांश स्थानीय तहको प्रशासकीय  अधिकृतहरु पुरानै कायम भएका छन । समायोजन शाखाले निकालेको शाखा अधिकृत पदस्थापन अन्तरगतको सूचीमा जिल्लाको रुवीभ्यालीमा खेमवहादुर खत्री,गंगाजमुनामा विश्वविजय शर्मा,नेत्रावतीमा डिलमान शाक्य,त्रिपुरासुन्दरीमा ओमप्रसाद सुवेदी,ज्वालामुखीमा बद्रीनाथ लम्साल,सिद्धलेकमा लक्ष्मणप्रसाद भट्टराई,वेनिघाटरोराङमा हर्षवहादुर थापा, गल्छीमा दानवहादुर ऐडी पुरानै स्थानमा पदस्थपान भएका छन ।
जिल्लाको खनियवासमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाबाट बिष्णुप्रसाद गुरुङ आउनु भएको छ । खनियावासका प्रशासकीय अधिकृत दिपेश विंडारीलाई जिल्ला समन्वय समितिको कार्यालय धादिङमा ल्याईएको छ । गजुरीमा तत्कालिन जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्याललाई पदस्थापन गरिएको छ , अर्याल बैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत हुनुहुनथ्यो । गजुरीका देविलाल सापकोटालाई रसुवाको गोसाईकुण्ड गाउँपालिका लगिएको छ । त्यसैगरी थांक्रे गाउँपालिकामा दाङको राप्ती गाउँपालिकाबाट जगतप्रसाद भुसाललाई पदस्थापन गरिएको छ ।

शाखा अधिकृत पदस्थापन फाइल