धादिङको सल्यानटारमा ८५ जनामा हात्तीपाइले

2152 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा ८५ जनामा हात्तीपाइलेको समस्या देखिएको छ । उपचार सम्भव नभएपछि लामो समय देखि उनिहरु  कष्टकर जिवन विताउन वाध्य छन ।

औषधीले रोग लागिसकेकालाई खासै असर नगर्ने भएपछि सल्यानटारका पीडितले जिवननिर्वाहका लागि सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।

हात्तीपाइले भएर थला परेपछि काम गर्न नसक्दा उनीहरुलाई दैनिक जीवनयापनमा पनि समस्या भएको छ ।  गाउँ गाउँमा हात्तीपाइले विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेपनि पुराना विरामीको लागि  सहयोग गर्ने कुनै कार्यक्रम नरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख वालकृष्ण नेपाली बताउनुहुन्छ ।

त्रिपुरासुन्दरी गाउँपालिका साथै धादिङका अन्य पालिकामा गरी धादिङमा हात्तीपाइले रोगबाट खुट्टा सुन्निएकाको संख्या चार सय ३ जना रहेका छन् । त्यसैगरी हाइड्रोसिल भएकाको संख्या ११ सय ५४ र हात्तीपाईले रोगबाट हात स्तन अथवा अन्य ठाउँमा प्रभावित भएकाको संख्या १ सय ९६ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

वर्षको एक मात्रा औषधी लगातार ६ वर्षसम्म सेवन गरेमा हात्तीपाइले रोग हुनबाट बचिने भएपनि रोग लागि सकेकालाई भने औषधिले कुनै काम नगर्ने जिल्ला अस्पताल धादिङका चिकित्सक कृष्णलाल उप्रेती वताउनुहुन्छ ।