‘विप्लव समूहलाई चन्दा दिए सिधै कारबाही’

1176 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – गतिविधिमा प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न सरकारले आग्रह गरेको छ। सरकारले विप्लव समूहको गतिविधि राजनैतिक नभई अपराधि कार्य तर्फ अघि बढेको भन्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई कारबाही गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ।सरकारले चन्दा दिए कारवाही गरिने चेतावनी दिए पनि विप्लव समूहले केही समय यता चन्दा संकलन कार्यलाई तिव्र पार्दै लगेको छ ।
गृहका प्रवक्ता रामकृष्ण सुवेदीले आइतकबार विज्ञप्ति जारी गर्दै उक्त समूहलाई सहयोग नगर्न तथा डर, धम्की र प्रलोभनमा समेत नपर्न आग्रह गरेको छ। यदी कसैबाट जबरजस्ती आर्थिक सहयोग माग्ने, धम्की दिने कार्य भएमा त्यस्तो सूचना तत्काल प्रहरीलाई गराउनसमेत गृहले अनुरोध गरेको छ।