पुर्वमन्त्री बुद्धिमान तामाङ राप्रपाको बरिष्ठ उपाध्यक्षमा मनोनित

1176 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । पुर्वमन्त्री बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको बरिष्ठ उपाध्यक्षमा चयन भएका छन । पार्टी अध्यक्ष कमल थापाले धादिङका तामाङ र पर्साका राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन् ।धादिङको रुवीभ्याली गाउँपालिका साविकको सेर्तुङ गाविसको वोराङमा जन्मिएका तामाङ राप्रपाका संस्थापक समेत हुन । तामाङले यस अघि पार्टीको सह अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन ।
अध्यक्ष थापाले पार्टीको विधान अनुसार पदाधिकारीको संख्या थप गर्दै दुई जनालाई बरिष्ठ उपाध्यक्षमा र उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई मनोनित गरेका छन् । ।
यसै गरी पार्टीको महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा थप भएका छन् । लिङ्देन प्रतिनिधिसभामा राप्रपाबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुन भने जवरा नेपालगञ्जका मेयर हुन ।झापाका लिङ्देन नेपाली काँग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
अध्यक्ष थापाले प्रवक्तामा सुशीलकुमार श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्लेलाई थप गरेका छन । सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी थपिएका छन । त्यस्तै अध्यक्ष थापाले प्रदीपकुमार उदयलाई प्रदेश ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । धादिङका पुर्व अध्यक्ष श्याम लामा गत साता पार्टीको केन्द्रिय सदस्यमा मनोनयन भएका थिए ।
राप्रपाको सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदन बहादुर कार्की मनोनित भएका छन भने सहायक प्रवक्तामा रमानन्द न्यौपाने मनोनित भएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन् ।