महादेबबेशी हल्थुम गोगनपानी जोड्ने सडक निर्माण गर्न समिति गठन

933 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेबबेशी- धादिङको थाक्रे गाउपालिका वडा नम्बर ११ र गल्छी गाँउपालिका वडा नम्बर ८का गाउँबस्तीलाई जोड्ने महादेबबेशी– हल्थुम –गोगनपानी सडकको निर्माण कार्य अघि बढाउन सडक निर्माण समिति गठन गरिएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रविप्रकाश ओझाको अध्यक्षतामा बसेको सडक उपभोक्ताहरूको समुहले नवराज अर्यालको अध्यक्षतामा ९ सदस्यिय सडक निर्माण समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रदिप लामिछाने , सचिब राजन कुँवर, कोषाध्यक्ष चन्द्रकुमारी खतिवडा, सदस्यहरु उपेन्द्र रुपाखेती, मन्जु रुपाखेती, सिर्जना विडारी, सुरज थापा, तथा देवराज गर्तौला रहनु भएको छ ।
त्यसैगरी भेलाले सडकको निर्माण कार्यलाई चुस्त दुरुस्त राख्नको लागी ३ सदस्यिय अनुगमन समितिको पनि गठन गरेको छ । अनुगमन समितिमा शुशिला अर्याल , बद्रिप्रसाद रुपाखेती र पुरुषोत्तम तामाङ रहनु भएको छ ।
चन्द्रज्योती ग्रामिण विकास समाज – सिड्स धादिङको कार्यालय परिसरमा चैत १३ गते बुधवार भएको भेलामा जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रुपाखेती, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगायतले सडक निर्माण गर्दा ध्यान दिनु पर्ने सवालहरुका बिषयमा जानकारी गराउनु भएको थियो । हाल थांक्रे गाउँपालिका वडा नम्बर ११ र गल्छी गाउँपालिका वडा नम्बर ८ मा विभाजन भएको गाउबस्ती साविकको गोगनपानी गाविसको भूभाग हो ।