सामाजिक संजाल कम्पनीलाई कानूनी दायरामा ल्याईदै

1002 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं -सामाजिक संजालको बढ्दो प्रयोगले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव धेरै पार्न थालेपछि यस्को प्रयोगलाई कसरी व्यवस्थित गराउने भन्ने बिषयमा सरकारी तहबाट नियमनको प्रयास हुंदै आएको छ ।
सामाजिक संजालको प्रयोगकर्ताले छिनछिनमा अरवौं रुपैयाँ विदेश पठाईरहेको भएपनि ति कम्पनीले नेपाल सरकारलाई अहिले सम्म कर तिरेका छैनन । आम्दानीको काम गरेपछि जुनसुकै कम्पनीले पनि नेपालको कानून अनुसार नेपाल सरकारलाई कर तिर्नु पर्ने नियमलाई सामाजिक संजाल कम्पनीले वेवास्ता गर्दै आएका छन ।
सामाजिक संजालको प्रयोगलाई व्यवस्थित गर्न सामाजिक संजाल कम्पनीलाई नेपालको कानुनी दायरामा ल्याउन जरुरी भएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा बताउनुहुन्छ ।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै मन्त्री बास्कोटाले सामाजिक मूल्य, मान्यता विपरित प्रयोग भएका कम्पनीलाई कारबाही गर्ने कानुनी व्यवस्था गर्न लागेको मन्त्री बाँस्कोटाले बताउनु भयो । युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरितका सूचना प्रवाह गर्ने सामाजिक संजाललाई कारबाही गर्ने कानुनी व्यवस्था गरिएको बताउनु भएको थियो ।
सरकारले ल्याएको विधेयकमा सामाजिक संजाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कारबाही हुने प्रस्ताव गरिएको छ । ती कम्पनीलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले कानुनी व्यवस्था गर्न लागिएको मन्त्री बास्कोटाको भनाई छ । नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख भन्दा बढि ट्वीटर प्रयोगकर्ताहरु नेपालमा रहेको अनुमान गरिएको छ ।