मदन भण्डारी फाउण्डेशन धादिङको अध्यक्षमा उमेश थापा

1611 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ चैत – मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्षमा उमेश थापा चयन हुनु भएको छ । शुक्रवार धादिङबृसीमा सम्पन्न भएको फाण्डेशनको जिल्ला अधिबेशनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका युवा नेता थापाको अध्यक्षतामा ३३ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ ।
अधिबेशनले कार्य समितिको सचिवमा हरिराम लोहनी,कोषाध्यक्षमा हिरा रेग्मीलाई चयन गरेको छ भने सदस्यहरुमा पेम्वा घले,किरण सापकोटा,भक्त लामिछाने, उमेश उपाध्याय, सीताराम श्रेष्ठ, चेतनाथ सिलवाल,हरि घिमिरे, शिवकुमार श्रेष्ठ, प्रदिप कँडेल, प्रकाशचन्द्र हमाल, राजेन्द्र थपलिया, शान्ति थापा, सागर लामिछाने,अरुण लामा चयन भएका छन । त्यसै गरी रामचन्द्र रुपाखेती,उद्धव लुईटेल,हरीकुमार श्रेष्ठ, राजेश अधिकारी, कमला शर्मा, गायत्री खतिवडा,विन्दा बरामु, सान्नानी परियार, मनोज विसुन्के, विकास परियार, एञ्जिला तामाङ,सपना श्रेष्ठ, बिच्चा तामाङ, नारायण शाक्य र हरीप्रसाद खतिवडा पनि सदस्यमा सर्वसम्मतबाट चयन भएका छन ।
तत्कालिन नेकपा एमालेका महासचिव स्वर्गिग मदन भण्डारीको बिचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्दै जनताको बहुदलिय जनवादको उपादेयता र व्यवहारिक प्रयोगका निम्ति विभिन्न रचनात्मक कृयाकलाप, अन्तरक्रिया, छलफल एवम वहसका कार्यक्रम संचालन गर्न फाण्उडेशनको स्थापना गरिएको हो । ्
मदन भण्डारी फाउण्डेशन धादिङका अध्यक्ष एवम धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन कार्यक्रममा फाउण्डेशनका ३ नम्बर प्रदेश समितिका अध्यक्ष एवम ३ नम्बर प्रदेश सभाका सांसद केशव पाण्डेको प्रम्ुख आतिथ्य रहेको थियो । कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, मदन भण्डारी स्पोर्टस एकेडेमीका महासचिव बचन देउजा, ३ नम्बर प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, युवा संघ नेपालका केन्द्रिय सचिव रमेश आचार्य, फाउण्डेशन ३ नम्बर प्रदेश समितिका सदस्यहरु गंगा श्रेष्ठ, माधव भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा मदन भण्डारीको जिवनी, उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवाद, नेकपाको स्थापना र तीन तहको सरकार सञ्चालनमा जवजको सम्वन्धका बिषयमा छलफल गरिएको थियो ।