लागुऔषध सहित थानकोटबाट दुई जना पक्राउ

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा हुंदै बसमा काठमाण्डौं जांदै गरेका दुई जना अबैध लागू औषध सहित पक्राउ परेका छन । महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । ।

उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको बस प्रभागबाट खटिएको टोलीले चेक जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई लागु औषध सहित फेला पारेपछि शनिबार बिहान प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लुकाएर लागुऔषध काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका साहसँग डाइजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल र नुर्फिन १५० एम्पुल तथा यादवबाट नाइट्राभेट ३६ ट्याब्लेट र स्पास्मो १९ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका साह र यादवलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाउन महानगरीय प्रहरीवृत्त थानकोटले जिल्ला अदालत काठमाण्डौंमा पेश गर्ने प्रभागले जनाएको छ ।