गल्छीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

875 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२८ चैत – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ कोल्पुखोला स्थित गल्छी त्रिशूली सडकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
नुवाकोटको कोल्पुटारबाट धादिङको गल्छी तर्फ आउँदै गरेको ना ६ ख ७६४७ नम्बरको ट्रकले विहिवार दिउँसो पौने एक वजे तिर सडकमा हिंडिरेहका नाम,थर बतन नखुलेका अन्दाजी ४० बर्ष जतिको एक पुरुषलाई ठक्कर दिंदा निजको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पैदलयात्रुलाई ठक्कर दिने ट्रकका चालक बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २९ को गोबिन्द लाल श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेका छन् ।
लासको जाँच मुचुल्का पश्चात पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ केन्द्र गजुरीमा राखिएको छ भने दुर्घटना गराउने ट्रक ईलाका प्रहरी कार्यालय गजुरीमा रहेको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले वताउनु भयो ।