सिभिक विकास बैङ्क नाफामा

736 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज ११ साउन । धादिङ जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर २०६६ श्रावण २९ गतेदेखि संचालनमा आएको सिभिक डेभलपमेण्ट बैंक लि.ले आर्थिक बर्ष २०६७।०६८ मा .१ लाख ८२ हजार संचालन मुनाफा गरेकोमा .२०६८।०६९ मा ९ लाख ८२ र २०६९।०७० मा रु.७६ लाख ५७ हजार भएको छ । गत आ.व.मा रु.३ करोड १३ लाख २८ हजार व्याज आम्दानी र रु.१ करोड ५५ लाख ४ हजार व्याज खर्च भएको  बैकले जनाएको छ । civic 2
२०६८ असार मसान्तसम्म रु.७ करोड ७४ लाख ३२ हजार निक्षेप संकलन भएकोमा ८३.८५ प्रतिशत बृद्धि भई २०६९ असार मसान्तसम्ममा रु.१४ करोड २३ लाख ५७ हजार निक्षेप संकलन गर्नुुका साथै गत आ.व.मा ७९.०८ प्रतिशतले बृद्धि भई २०७० असार मसान्तसम्ममा रु.२५ करोड ४९ लाख ३७ हजार निक्षेप संकलन गर्न बैक सफल भएको  छ ।
२०६८ असार मसान्तसम्म रु.४ करोड ८८ लाख ४६ हजार  कर्जा लगानी भएकोमा १३८.१५ प्रतिशत बृद्धि भई २०६९ असार मसान्तसम्ममा रु.११ करोड ६६ लाख ५९ हजार कर्जा लगानी भएको थियो भने यस आ.व.मा ८७.७६ प्रतिशतले बृद्धि भई २०७० असार मसान्तसम्ममा रु.२१ करोड ६१ लाख ६७ हजार कर्जा लगानी भएको बैकका महाप्रवन्धक  प्रकाशमान वज्राचार्यले वताउनुभयो ।
धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय भएको सिभिक डेभलपमेण्ट बैंक लि.को अधिकृत पूंजी रु.१० करोड, जारी पूंजी रु.४ करोड र चुक्ता पूंजी रु.४ करोड रहेको छ । २०६९ फाल्गुणदेखि यस बैंकले जिल्लाको विभिन्न गा.बि.स.हरुमा लघुविक्त कार्यक्रमको समेत सुरुवात गरी जिल्लामा छरिएर रहेको स–साना पूंजीहरुलाई एकित्रित गरी बैंकिङ्ग पहुंच नपुगेको धादिङ्ग जिल्लाको जन समुदायसम्म पुगि बैंकिङ्ग कारोवारको बानी बसाल्ने कार्य गरि रहेको महाप्रवन्धक  वज्राचार्यले वताउनुहुन्छ ।