जुलाइ ४ देखि नेपाल जापान हप्तामा ३ वटा सिधा उडान

1996 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ  : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्ना जहाज जापानमा उडान गर्न अनुमति पाएको छ ।आगामी जुलाइ ४ तारिखदेखि निगमले एक हप्तामा ३ वटा उडान भर्नेगरी जापान सरकारबाट अनुमति पाएको हो ।जापानको ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि अनुमति पाएसँगै निगमले ४० दिनभित्रमा नियमित उडान सुरु गर्ने योजना बनाएको बताइएको छ । निगम स्रोतले जनाएअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको ओसाकाका लागि सीधा उडान गर्नेछ ।

यस उडानको नेपाली समय राति २:३० बजे रहेको छ भने जापानको स्थानीय समय ११:५५ मा ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले आफ्ना आफ्ना एयरबस जहाजमार्फत उडान भर्ने थालेको हो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जिर्णोद्वारको काम भइरहेकाले समयतालिका नमिल्ने देखिएपछि निगमले सो काम सकिएलगत्तै उडान गर्ने जनाइएको छ । यो उडान नियमित भएमा निगमले जापानको अर्को विमानस्थल नारिताका लागि समेत उडान अनुमति पाउन सक्नेछ । यसका लागि आवेदन दिइसकिएको निगमको दाबी छ ।