दिपक र दिपा लपक्कै ‘छ माया छपक्कै’

1119 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । दीपकराज गिरी नयाँ चलचित्रको निर्माणमा जुटेका छन् । रोहित अधिकारी मुभिजको ब्यानरसँग मिलेर बनाउने चलचित्रको शीर्षक ‘छ माया छपक्कै’ राखिएको छ ।
दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको कलाकार फाइनल भइनसके पनि निर्मातासमेत रहेका दीपकराजले ‘छक्का पञ्जा’ टिमकै कलाकार दोहोरिने संकेत गरेका छन् । उनले बुधबार बिहान फेसबुकमा जितु नेपाल र केदार घिमिरे माग्नेबुढासँग आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, हामी तीन सधै यसरी नै लपक्कै, किनकि छ माया छपक्कै।
दीपकराजको यो पोस्टको संकेत ‘छ माया छपक्कै’ मा तीनैजना दोहोरिने छन् । चलचित्र कमेडी जनरामा बन्न लागेको र दशैंमा रिलिज हुने घोषणा गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाका लागि केदार घिमिरे माग्नेबुढा र जितु नेपाल मुन्द्रे ‘लक्की’ सावित भएका छन् ।