धादिङका ३३ हजार घर टुकीको भरमा

563 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज ,११ साउन । शहरमा लोडसेडिङले आम र्सवसाधरणको दैनिक जिवनलाई निकै असहज वनाउंदै लगेको छ । घर देखि कार्यालय सम्म र उद्योग व्यवसाय राष्ट्रिय  राजनिती सम्म्ा पनि हरेक दिन लोडसेडिङको चर्चा परिचर्चा हुने गर्दछ । शहर वजारमा कहिले काहीं आउने विजुली भने पनि छ तर  राजधानीको आडैमा रहेको धादिङ जिल्लाका ३३ हजार घर परिवारले अहिले सम्म लोडसेडिङ होइन विजुलीको उपभोगनै गर्न पाएका छैनन ।  धादिङ जिल्लाको विकटमा रहेका चार गाविसमा त अझै पनि केन्द्रीय प्रशारणवाट प्रसारित बिद्युत्त लाइन पुग्न सकेको छैन । केन्द्रीय प्रशारणको बिद्युत्त लाइन जोडिन नसकेका गाविसहरुमा जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको तिप्लिङ, सर्ेर्तुङ, लापा र रिगाउं रहेका छन ।
जिल्ला विकास  समिति अर्न्तगत रहेको ग्रामीण उर्जा तथा वाताबरण शाखाको तथ्याङक अनुसार बिद्युत्त लाइन विस्तार भएका जिल्लाका अन्य गाविसहरुमा पनि सबै भाग बिद्युत्तिकरण हुन भने सकेको छैन । जिल्लाभरीमा  कुल घरधुरी संख्याको ३७ प्रतिशत – २७ हजार ) ले मात्र अहिले बिद्युत्त उपभोग गर्न पाएका छन । राष्ट्रिय प्रशारण लाइन पुग्न नसकेका ग्रामीण भेगका वस्तिलाई लक्षित गरी सरकारी तथा गैर सरकारी निकायको पहलमा गाउं गाउंमा बैकल्पिक उर्जा जडान गरिएका छन ।ग्रामीण उर्जा तथा वाताबरण शाखाका प्रमुख इन्जिनियर शुरेश श्रेष्ठका अनुसार सौय उर्जाको प्रयोग गर्ने घर परिवारको संख्या जिल्ल्ााभरीमा ७ हजार ६ सय रहेको छ । इन्जिनियर श्रेष्ठका अनुसार कुल घरधुरीको १० प्रतिशतले जिल्लाभरीमा सौर्यउर्जाको प्रयोग गरिरहेका छन । त्यसैगरी साना तथा मझौला लघु जलविद्युत्त आयोजनावाट जिल्लाका पांच हजार ३ सय ६४ घरधुरी लाभान्वित भएका छन । जिल्लाको कुल घर संख्याको ७ प्रतिशतले  मात्र लघु जलबिद्युत्तको प्रयोग गरिरहेको इन्जिनियर श्रेष्ठ बताउंछन ।
पचास गाविस रहेको धादिङ जिल्लामा सबै भुभाग बिद्युत्तिकरण भएको गाविस एउटा पनि नरहेको र जिल्लाको कुल जनसंख्याको ४६ प्रतिशत अर्थात ३३ हजार ३ सय घर परिवार अहिले पनि टुकीको भरमा रहेको जिविस ग्रामीण उर्जा तथा वाताबरण शाखाले जनाएको छ । जिल्लामा अहिले ६४ वटा लघु जलबिद्युत्त योजनावाट चार सय ९२ .७५ किलोवाट बिजुली उत्पादन भईरहेको छ भने देविघाट तथा काठमाण्डौ प्रशारण लाइनवाट ल्याईएको केन्द्रीय प्रशारणको विजुली बितरण हुंदै आईरहेको छ ।