भवनको छतमा राखेर स्तन प्रदर्शनी

869 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

स्तनलाई महिलाको गोप्य अंग भनिन्छ । घरको छतमा राखेर स्तन प्रदर्शनी गरेको सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । कतिले त नचाहिने कुरा पनि भन्न सक्छन । झट्ट सुन्दा अनौठो लागेपनि बेलायतमा केही समय अघि घरको छतमा राखेर स्तन प्रदर्शनी भएको छ । नेपाली समाजमा महिलाको स्तनलाई गोप्य राख्नुपर्दछ भन्ने मान्यता रहेको भएपनि बेलायतमा भने सोही स्तनलाई एउटा गगनचुम्बी भवनमा राखेर प्रर्दशनी गरिएको छ ।

पश्चिमा देशहरुमा हामीलाई अश्लील लाग्ने गोप्य अंगका प्रदर्शनलाई सामान्य मानिन्छ । यही पश्चिमा संस्कृतिको नक्कल गर्न खोज्दा नेपालमा पनि यसको गम्भिर प्रभाव भने नपरेको होइन । यो बिचमा बेलायतको एक गगनचुम्बी भवनमा महिलाको स्तनलाई प्रदर्शनमा राखिएको छ । यो आफैंमा एक अनौठो दृश्य हो । यी तस्वीरहरु आमा दिवसको अवसरमा पदर्शन गरिएको थियो । स्तनपानको महत्व बुझाउन र नियमित स्तनपान गराउन अभिप्रेरित गर्ने उद्धेश्यले महिलाको स्तनको  आकृति वनाएर प्रदर्शनमा राखिएको छ ।

 

  • एजेन्सीको सहयोगमा