सलाङघाटमा बस पल्टिंदा दुई जनाको मृत्यु

676 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ बैशाख – मनकामना दर्शनका लागि जांदै गरेका यात्रु लिएर काठमाण्डौंबाट चितवनको मनकामना केवलकार तर्फ जांदै गरेको बस धादिङको सलाङघाट नजिकै दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ ।
मनकामना दर्शनका लागी आएका यात्रुहरु लिएर काठमाण्डौबाट मनकामना केवलकार तर्फ जांदै गरेको बा ४ ख १४१५ नंं को संयुक्त यातायातको बस आईतबार विहान पौने ११ वजे तिर धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नंम्बर ३ स्थित सलाङघाट बजार नजिकै भसभसे भन्ने स्थानमा सडकवाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमानै र अर्को एक जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवै पुरुषको सनाखत हुन सकेको छैन । दुर्घटनामा २५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका सहायक प्रहरी निरिक्षक राजिब विष्टले बताए । दुर्घटनाका घाईतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भैरहेको छ ।