२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड

924 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको खाता ह्याक गर्नुमा विभिन्न उदेश्यले लुकेकोे हुन्छ । कसैलाई विभिन्न आश्वासन देखाई लुट्नेदेखि जिन्दगी बर्बादी गर्दिने सम्मका हर्कत गर्दै आएका छन । के तपाई पनि खाता ह्याक हुने सूचीमा पर्दै त हुनुहुन्न ? होस गर्नुहोस्, तपाईंको सामान्य हेलचेक्र्याईले तपाईको इज्जत जानुका साथै जिन्दगीसमेत बर्बाद हुन सक्छ । युकेको नेशनल साइबर सेक्युरिटि सेन्टरले गरेको एक अध्ययनले २३ करोड जना भन्दा धेरै इन्टरनेट प्रयोगकर्ताले एउटै पासवर्ड राखेको तथ्य फेला पारेको छ । यसरी प्रयोग गरिएको एउटै पासववर्ड हो( १२३४५६ । तपाईको इन्टरनेटमा भएका विभिन्न सूचना लिन प्रयोग गरिने पहिलो प्रयासमा यो पासवर्ड हुनेगर्छ । त्यस्तै, सर्वाधिक धेरै प्रयोग गरिएको दोस्रो पासवर्डमा १२३४५६७८९ रहेको छ । त्यसैगरी सर्वाधिक ५ भित्र पर्ने पासवर्डमा  QWERTY , password / 111111  रहेका छन । विश्वमा धेरै ह्याक हुने अनलाइन अकाउन्टहरुमा यीनै सामान्य पासवर्ड राख्नेहरु पर्दछन ।

पासवर्ड कस्तो राख्ने र कसरी सुरक्षित बनाउने ?

– सबैभन्दा पहिला आफ्नो पासवर्डलाई बलियो बनाउनुहोस । पासवर्ड बलियो बनाउनका लागि तपाईले ८ अक्षरभन्दा धेरैको पासवर्ड बनाउनुहोस् । पासवर्ड राख्दा अक्षरमात्र नराख्नुहोस । अक्षर राख्दा सानो र ठुलो राख्नुहोुस र त्यसमा अङक र सिम्बोलहरु पनि मिसाउनुहोस जसले पासवर्ड बलियो बनाउछ र ह्याक गर्नेहरुलाई मुस्किल पर्छ । – बलियो पासवर्ड बनाउदैमा आफ्नो अनलाइन खाता सुरक्षित हुने होइन । तपाईंको पासवर्ड बलियो त छ । तर तपाई आफ्नो खाता जहाँ मन लाग्यो त्यहिबाट खोल्नुभयो भने तपाईको पासवर्ड लिक हुने डर हुन्छ । यसरी होस नपुर्याई खाता खोल्दा अरुले तपाईको पासवर्ड चाल पाउन सक्छन् । – पासवर्ड सकेसम्म कसैसँग पनि सेयर नगर्नुहोस । कहिलेकाँहि रिस उठेको बेला तपाईको पासवर्ड प्रयोग गरेर अनावश्यक गतिविधि हुुने डर हुन्छ । – त्यसैगरी पासवर्ड प्रत्येक ६ महिनाको अन्तरमा अनिवार्य परिवर्तन गर्नुहोस् । नयाँ पासवर्ड राख्दा माथिकै नियम अनुसार राख्नुहोस् । – पासवर्ड सम्बन्धमा निकै चनाखो हुनुपर्ने अर्को पक्ष हो रिमेम्बर पासवर्ड अप्सन । यदि तपाई कुनै ल्यापटप, कम्प्युटर वा अन्य डिभाइसमा इन्टरनेट प्रयोेग गर्दै हुनुहुन्छ भने एकदमै ख्याल गर्नुहोस् । त्यहाँ आफ्नो खाता लग इन गर्दा डु यु वान्ट टु रिमेम्बर पासवर्ड अर्थात के तपाई पासवर्ड सम्झना राख्न चाहानुहुन्छ भन्ने अप्सन हुन्छ । यदि एस अर्थात् हुन्छ अप्सन क्लिक गर्नुभयो भने तपाईको पासवर्ड हेर्न मिल्ने गरी सुरक्षित बेसको हुन्छ जसले जोखिम निम्ताउछ । त्यसैले नो वा नेभर अप्सन क्लिक गर्नु उत्तम हुन्छ ।

(आफ्नो पासवर्ड सुरक्षित राख्ने अर्को उपाय हो, सिमित डिभाइसहरुबाट मात्र आफ्नो खाता लग इन गर्ने । एकदमै आफ्नो बहसमा हुने डिभाइसहरुबाट मात्र लग इन गर्नुहोस । –डबल सेक्युरिटी लग इन सिस्टम अर्को सुरक्षाको एकदमै लाभदायक उपाय हो । डबल लग इन सिस्टम भन्नाले तपाईको खाता लग इन भएपछि तपाईको मोवाइल वा इमेलमा सेक्युरिटि कोड आउँछ । त्यो कोड नराखुन्जेल पुर्णतया खाता शुरु हुँदैन । यो सुरक्षाको एकदमै भरपर्दो उपाय हो । यो उपाय अपनाएको खण्डमा यदि तपाईको खाता कसैले खोल्यो भने पनि थाहा हुन्छ र त्यो कोड नराखुन्जेल उसले तपाईको खाता चलाउन सक्दैन ।