खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको उद्घाटन

1527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१३ बैशाख – सूचना प्रविधि र मल्टिमिडिया सम्वन्धि आधारभूत शिक्षा दिन धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टर संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बिच डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डे र धुनिबेशी नगरपालिकाका उपमेयर निरु खरेलले सँयुक्त रुपमा सेन्टरको बोर्डको पर्दा उघारेर सेवा शुभारम्भ गरेका हुन ।
सूचना, प्रविधि शिक्षा सँग सम्बन्धित सेन्टरको स्थापना सँगै विद्यार्थीहरुमा सिकाईको क्षमतामा वृद्धि हुने उपमेयर खरेलको भनाई छ । नगरपालिकामा गुणस्तरीय शिक्षा र सूचना प्रविधिकोे विकास गर्नका लागि नगरपालिका सहकार्य र समन्वय गर्न तयार रहेको खरेलले बताउनुभयो । डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डेले डियरवाल्क धुनिबेशी सेन्टरको दिगोपनाका लागि स्थानिय सँघसँस्था तथा विद्यालय र स्थानिय निकाय स्थानीय वासी सँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थानिय स्तरमै विद्यार्थीले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउन सकुन भन्नेमा आंफुहरु विश्वस्त रहेको पाण्डेको भनाई छ । सेन्टरमा कम्प्युटर, भाषा, वेब पेज डिजाईन लगायत मल्टिमिडिया लगायतका बिषयहरुको कक्षाहरु सन्चालन हुने वताईएको छ ।