गल्छी गाउँपालिकाको गाउँ गाउँमा घुम्ति शिविर

1348 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


आमडाँडा- समुदायमा पुगेर विभिन्न किसिमका सेवाहरु प्रवाह गर्ने उद्धेश्यले सञ्चालित घुम्ति शिविर कार्यक्रम शुक्रवार गल्छी गाउँपालिकाका वडा नम्बर ३ आमडाँडामा सम्पन्न भएको छ ।
गाउँपालिकाले विभिन्न वडाहरुमा पुगेर अपाङ्गता भएका र जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गर्ने तथा पशु स्वास्थ्य उपचार र विउविजन वितरणका लागि सहित घुम्ती शिबिर संचालन गरेको छ । शुक्रवार गल्छि गाउँपालिकाको वडा नम्बर ३ आमडाँडा स्थित वडा कार्यालयमा भएको शिविरमा २७ जनालाई अपाङ्गता परिचय पत्र र ६९ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको वडा नम्बर ३ का वडाअध्यक्ष कपिल रेग्मीले जानकारी दिनुभयो ।
बिशिरमा ३ सय ६५ जना किसानलाई मकैको बिउ, २ सय १० किसानलाई तरकारीको बिउबिजन पनि बितरण गरिएको छ । घुम्ती शिबिरमा २ सय ९३ वटा गाई, भैसि, १२ सय ७७ बाख्रा , १५ सय ३४ कुखुराहरुको स्वास्थ्य परिक्षण गरि नाम्ले, जुका, भिटामिन लगायतका औषधि बितरण गरिएकोे थियो । बैशाख १२ वडा नम्बर १ बाट सुरु भएको घुम्ती शिबिर बिभिन्न वडाहरुमा हुँदै १७ गते सम्पन्न हुने र यसबाट गाउँपालिका भित्र रहेका अपाङ्गता भएका तथा जेष्ठ नागरिकले घरदैलोमै परिचय पत्र पाउने र किसानहरुले अन्य सेवाहरु लिन सक्ने गल्छी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडिले धादिङ न्यूजलाई बताउनु भयो । शुक्रवार भएको शिविरमा गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना,वडा नम्बर ३ का वडा अध्यक्ष कपिलप्रसाद रेग्मी, वडा सदस्यहरु, गाउँपालिकाका बिषयगत शाखाका प्रमुख तथा अन्य कर्मचारीहरुका साथै गुप्तेश्वरी अपाङ्ग समूहका अध्यक्ष राजु रेग्मी तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।समुहले शिविरमा सहयोगीको भुमिका निर्बाह गरिरहेको जनाएको छ ।