राहुडाँडामा कृषकलाई मकै र तरकारीको विउ वितरण

1220 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषकलाई मकैको बिउ तथा तरकारीको विउ विजन वितरण गरिएको छ । गल्छी गाउँपालिकाको ८ वटै वडाका किसानहरुलाई मकैको बिउ तथा तरकारीको विउ विजन बितरण गर्ने कार्यक्रम अन्तरगत सोमवार वडा नम्बर ६ को राहुडाँडामा बितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई सुधार गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाको कृषि विकास शाखाले वडा नम्बर ६ का  १ सय ३० जनालाई मकैको बिउ र तरकारीको विउ विजन वितरण गरेको हो । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष राजन श्रेष्ठ , कृषि विकास शाखाका धनसिंह धामी, वडा सदस्यहरु तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो । वडाले बैशाख १८ गते बुधवार बाहुनपलाङमा पनि कार्यक्रम राखेको वडाअध्यक्ष श्रेष्ठले वताउनुभयो ।