गल्छीमा ५१ प्रिन्ट रगत संकलन

1019 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ बैशाख – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १३० औं अन्तरराष्ट्रिय मजदुर दिवसको अवसर पारेर गल्छी गाउँपालिकाको आयोजनामा मंगलबार बैरनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रगतको अभावलाई न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्धेश्यले मजदुर दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा, बैक तथा सहकारी संस्थाका प्रतिनिधि,रेडक्रसकर्मी, स्वास्थ्यकर्मी,जनप्रतिनिधि, शिक्षक कर्मचारी तथा सर्वसाधरण ७ महिला समेत गरी ५१ प्रिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाईटी बैरेनी उपशाखाले जनाएको छ । रगत संकलन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ र बैरेनी उपशाखाको सहयोग रहेको थियो भने रक्त सञ्चार केन्द्र धादिङले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रमको शुरुवातमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडी, रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष दुर्लभकुमार तामाङ लगायतको आतिथ्य रहेको थियो । रक्तदाताहरुलाई आयोजक संस्थाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।