धादिङमा शुरु भयो मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

1807 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २७ बैशाख- नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउन का लागि प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रवार देखि धादिङ जिल्ला अस्पतालमा पनि शुरुवात गरिएको छ ।
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले शुक्रवार एक कार्यक्रमका बिच धादिङ जिल्ला अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

प्रदेश नम्बर ३को धादिङ,मकवानपुर,भक्तपुर,सिन्धुपाल्चोक र सिन्धुली जिल्लाको जिल्ला अस्पतालमा परिक्षणका रुपमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुरुवात गरिएको । धादिङमा कार्यक्रमको शुरुवात गर्दै कानून मन्त्री जमकट्टेलले सरकार पहुँचवालाको लागि होइन गरिव तथा विपन्नका लागि आवश्यक पर्ने भएकाले उपचार गराउन नसक्ने अवस्थामा रहेका गरिव तथा विपन्नको स्वास्थ्य उपचारका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमले ठूलो सहयोग पु¥याउने वताउनुभयो । विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू,दलित,महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार,सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरुवात गरिएको कार्यक्रमका मुख्य परामर्शदाता डाक्टर खेम कार्की वताउनुहुन्छ ।

प्रदेश नं ३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाइ नौ वटा योजना मध्य एक नमुना कार्यक्रमको रुपमा शुरुवात गरेको पनि डाक्टर कार्कीले जानकारी दिनुभयो । धादिङमा जिल्ला अस्पतालबाट शुरु गरेको जनता स्वास्थ्य परीक्षण कार्यक्रमबाट तीस देखि सत्तरी वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ता व्यतिका लागि यो कार्यक्रमले आफु कति स्वस्थ छौं भनेर जानकारी दिनको लागि यो कार्यक्रम संचालनमा ल्याइएको डाक्टर कार्की बताउनुहुन्छ । प्रदेश सरकारले पाईलट प्रोजेक्टको रुपमा धादिङको नीलकण्ठ नगरपालिका क्षेत्रमा यो सेवा सुरु गरेको र नीलकण्ठ नगरपालिकाकोे १४ वटा वडाबाट सिफारिस भई आएका दुई हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य लिईएको कार्यक्रममा जानकारी गराईएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद एवम नेकपाका केन्द्रिय सदस्य खेमप्रसाद लोहनी,नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, धादिङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर दिपा वोहोरा, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले शुभकामना मन्तव्य राख्नु् भएको थियो । कार्यक्रममा संविधान सभासद गुरुप्रसाद वुर्लाकोटी,पुर्व सांसद रामनाथ अधिकारी, नेकपाका जिल्ला सदस्य विजय वुर्लाकोटी,सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, अस्पताल विकास समितिका पुर्व अध्यक्ष नन्दप्रुसाद रिजाल, समाजवाी पार्टी नेपालका प्रतिनिधि नन्दप्रसाद काप्री लगायतको आतिथ्य रहेको थियो ।