धादिङको कुम्पुर केन्द्रबिन्दु भएर गयो भूकम्प

1006 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –शुक्रवार दिउँसो धादिङको सिद्धलेक गाउँपालिकाको कुम्पुर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का जिल्लाभर महसूस गरिएको छ ।
दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

भुकम्पको कारण मानिसहरु डराउँदै सुरक्षित ठाउँ खोज्दै घरवाहिर निस्केका थिए । धादिङ जिल्लाको सवै भागका साथै छिमेकी जिल्ला नुवाकोट र काठमाण्डौंको अधिकांश स्थानमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पबाट कुनै क्षती भए नभएको बारेमा भने जानकारी आएको छैन ।

जिल्लाका अधिकांश स्थानमा भुकम्पको धक्का महसुस गरिएको सामाजिक सन्जाल प्रयोगकर्ताहरुले लेखेका छन् । पछिल्लो पटक गएको बैशाख ११ गते पनि धादिङको नौविसे केन्द्र विन्दु भएर एकै दिन दुई पटक सम्म भुकम्प गएको थियो ।