बस दुर्घटनामा मर्नेको संख्या एघार पुग्यो

963 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ जेठ – जेठ ५ गते आईतबार विहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटार को उकालो स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा हराइरहेका थप एक जनाको शव फेला परेको छ । दुर्घटना भएको ठाउँबाटै मंगलबार दिउँसो शव फेला परेको हो । त्रिशूली नदी किनारमा हिलोमा दबिएको अवस्थामा झापा घर धएका कृष्णप्रसाद निरौलाको शव फेला परेको हो । निरौला समेत गरि सो दुर्घटनामा परि मृत्यु हुनेको संख्या अब ११ पुगेको छ । २९ जना घाईते भएको  इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
सो दुर्घटनामा परेर दुई बालक र एक पुरुष गरि तीन जना हराईरहेका छन् । प्रहरीका अनुसार हराइरहेकाहरु धादिङ जिल्लाको सिद्धलेक गाउँपािलका वडा नम्बर ४ का सलाङघाट बस्ने बर्ष २३ का उज्वल पाण्डे, भारतको मेघालय प्रदेश जिल्ला रिभ्वाय सिलोङ घर भएकप्ी १३ बर्षिया रिया मारविन , सोही ठाउँका ११ बर्षिय रिशान मारविन रहेका छन । उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । कुरिनटार स्थित शशस्त्र प्रहरी बलको गोताखोरे टोलीले हराइरहेकाहरुको खोजी कार्य गरिरहेको छ । आइतबार झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।दुर्घटनामा चार जनाको दुर्घटना स्थलमानै र बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु भएका तीनजनाको अझै सनाखत हुन सकेको छैन ।