खयरघारीमा दुर्घटना एक जनाको मृत्यु , १४ जना घाईते

1662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ जेठ – धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर १ खयरघारी स्थित पृथ्वीराजमार्गमा  बस र कन्टेनर ट्रक एक आपसमा जुधेर पल्टिंदा एक जनाको मृत्यु भएको छ १४ जना घाईते भएका छन् । काठमाण्डौबाट केरुङ तर्फ जादै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर र सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बुधवार दिउँसो ४ वजे तिर बस एक आपसमा ठोक्किँदा बस सडकबाट १५ मिटर तल महेश खोलामा खसेको थियो ।
घटनामा मृत्यु हुनेमा बस चालक लम्जुङ घर भएका अन्दाजी वर्ष २९ का हरि न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । शब पोष्ट मार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको पनि प्रहरीले जनाएको छ ।
कन्टेनर सडकको भित्ता पट्टी नालामा पल्टिएको छ । घाईतेहरु मध्ये ८ जना गम्भिर घाईते सबैलाई काठमाण्डौ लगिएको छ । सामान्य घाईते ४ जनाको सिम्ले २ जनाको महादेववेशी स्थित मेडिकलमा उपचार भईरहेको छ उनिहरु मध्ये १ जना मध्यम‚ १ जना सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।