धादिङको खाल्टेमा करेन्ट लागेर बालिकाको मृत्यु

1105 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ जेठ –  धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा करेन्ट लागेर ९ बर्षिया बालिकाको ज्यान गएको छ । स्थानिय मनकामना देवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत सुस्मिता थापा मगरको बुधवार विहान ११ बजे तिर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धारामा नुहाएर घर फर्किए लगत्तै उफरको तार स्विच बक्समा जोड्ने क्रममा उनलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । सुस्मिता नुहाएर घर फर्किएको देखेका छिमेकीहरुका अनुसार चिसो हात भएको कारण तार भिजेर उनलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । करेन्ट लागेको समयमा घरमा परिवारको अन्य सदस्यहरु कोही नभएको र मृतकको साथमा उफरको तार भेटिएकाले सोही जोड्नेक्रममा करेन्ट लागेको हुन सक्ने पनि छिमेकीहरुले बताए ।
बालिकाको आमा युरीया मल लिन नुवाकोट जिल्लाको तारुका गएको समयमा घरमा उनि एक्लै रहेको बेला करेन्ट लागेको र आमा वजारबाट फर्किए पछि मात्रै घटनाको बारेमा थाहा भएको स्थानिय प्रकाश थापाले जानकारी दिए ।