सिद्धलेकमा प्रयास नेपालको सामाजिक लेखापरिक्षण

748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बुङचुङ – प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङद्धारा संचालित कार्यक्रमहरुको वारेमा मंगलबार सिद्धलेक गाउँपालिकामा सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ ।


प्रयास नेपाल धादिङका कपिलदेव सापकोटाको अध्यक्षता एवम सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता भएको सामाजिक परिक्षण कार्यक्रममा वडाध्यक्षहरु चन्द्र सिलवाल ,रामहरि बराकोटी,देव बहादुर पुलामी,डिल बहादुर घले र हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विशाल बस्नेत लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रयास नेपालले आर्थिक बर्ष ०७५ /०७६ मा सिद्धलेक गाउँपालिकामा सिद्धलेक गाउँपालिका,हेफर ईन्टरनेशनल नेपाल र अक्सफामको साझेदारीमा संचालन गरेको सामाजिक पुँजी निर्माण ,जिविकोपार्जन, र स्वास्थ्य खानेपानी बिषयगत क्षेत्र अन्तरगत सिद्धलेक साना किसान सबलिकरण र पुर्णिमा परियोजनाको आर्थिक बर्ष २०७५/०७६ को प्रगति तथा आर्थिक विवरण कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी गराउनु भएको थियो ।

यसै गरी सामाजिक लेखापरिक्षण कार्यक्रममा बालक्लब, स्बवलम्बि महिला समूह, उपहार महिला सहकारी, कार्यक्रम व्यवस्थापन समितिका प्रतिनिधीहरु,स्थानीय संघ संस्थाहरु र लक्षित समुदायका व्यक्तिहरु गरी १ सय ११ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडियो धादिङका पत्रकार अर्जुन श्रेष्ठले गर्नु भएको थियो भने । सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले प्रष्ट पार्नु भएको थियो ।