पास्नी भोज खाएका ३० जना विरामी ,१९ जना अस्पताल भर्ना

1151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३० जेठ- धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाएका ३० जना बिरामी परेका छन् । बुधबार दिउँसो सिम्लेका रेशम आलेको छोराको पास्नी भोज खाएकाहरु रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताए । विरामीको प्राथमिक उपचारमा संलग्न भएका स्वास्थ्यकर्मी सुजन घलेका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।


भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जनलाई बिहिवार सांझ जिल्ला अस्पताल ल्याईएको छ । घलेका अनुसार  सोही भोज खाएका सुकौरा र भार्मले गाउँका अरु २० जनापनि बिरामी परेको खबर आएको छ । भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीहरुले वताएका छन ।

विरामी परेकाहरुको बुधवार राती देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार शुरु गरिएको थियो । विहिवार दिउँसो सम्म पनि विरामी निको नभएपछि गाउँलेहरुले उपचारका लागि जिल्ला अस्पताल ल्याएका हुन । अस्पताल ल्याएका सबै विरामीको उपचार शुरु भएको छ । हामी अहिले उपचारमा संलग्न छौं । एकै पटक धेरै जना एउटै लक्षणबाट विरामी हुनुमा फुड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि भने नभएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी एवम चिकित्सक कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।

  • तस्बिर सौजन्य : सुजन घले / जिल्ला अस्पताल धादिङ