धुंवाकोटमा दुर्घटना,एकजनाको मृत्यु ,पाँच जना घाईते

1642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ असार –  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको पाग्रेंखोला स्थित ग्रामीण सडकमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ पाँच जना घाईते भएका छन ।

धादिङबेसीबाट नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङ जाँदै गरेको बा १ ज ६०२१ नम्वरको बलेरो जिप विहिवार दिउँसो ३ वजे तिर नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको पाग्रेंखोला उकालो चढ्नेक्रममा सोही जिपबाट खसेर एक यात्रुको मृत्यु भएको हो । उकालोमा जिप चढ्न नसकेपछि यात्रुहरु आत्तिएर हामफाल्ने क्रममा सोही जिपले किचेर धादिङको नीलकण्ठ नगरपालिका–३ सिम्लेगैरी बस्ने वर्ष ३८को शेरवहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते चार जनालाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार गराई थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । जिपमा १५ जना यात्रु रहेको वताईएको छ । अरु यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मृतक शेर बहादुर लामाको श्रीमती कान्छि लामा,नेत्रावती डवजोङ २ का २८ बर्षिय नर बहादुर तामाङ सोही ठाउँबस्ने नर बहादुर तामाङको श्रीमती २६ बर्षिया निरमाया तामाङ निजको छोरी बर्ष २ कि रेनिसा तामाङ घाईते भएको प्रहरीले जनाएको छ ।