बाँझागाउँमा बोलेरो जिप पल्टिंदा पाँच जनाको मृत्यु, १० जना घाईते

2875 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,६ असार – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बाँझागाउँमा वोलेरो जिप पल्टिंदा पाँच जनाको ज्यान गएको छ । जिप चालक सहित १० जना घाईते भएका छन ।


गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाँडाबाट तरकारी वोकेर बैरेनीवजार तर्फ आउँदै गरेको जिप शुक्रवार मध्यान्ह ११.३० वजे तिर बाँझागाउँ स्थित ग्रामीण सडकमा अनियन्त्रित भई पल्टिंदा चार जनाको घटनास्थलमानै ज्यान गएको बैरेनी प्रहरी चौकीले जनाएको छ । स्थानीयहरुका अनुसार जिप एक्कासी अनियन्त्रित भई सडक देखि १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परि दुई महिला सहित चार जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका वडा नम्बर १ का २४ बर्षिय राजु रम्तेल, सोही ठाउँका ४० बर्षिय सेतु रम्तेल, गल्छी गाउँपालिका वडा नम्बर ६ की ३० बर्षिया कान्छी भुजेल र ३५ बर्षिया नानु तामाङ रहेको प्रहरीले जनाएको छ । गल्छी गाउँपालिका वडा नम्बर ५ की २१ बर्षिया समिक्षा अधिकारीको उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाईएको छ । कान्छी भुजेल र नानु तामाङ मोटर चढेको एक मिनेटमै जिप दुर्घटनामा परेको थियो । उनिहरु बैरेनी वजार जांदै थिए ।