ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

4008 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा बढीको क्षती पु¥याएको छ । चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा निर्माणधिन अवस्थामा रहेको सिमेन्ट उद्योगमा सोमबार विहान पौने २ वजेतिर बाढी पसेर क्षती पु¥याएको हो ।


मलेखु खोलालाई नियन्त्रण गरी निर्माण थालिएको १५ अर्व लगानीको सिमेन्ट उद्योगमा बाढी पस्दा उद्योगको स्टोर, निर्माण कम्पनीको ३ वटा जीप, दुई वटा डोजर वगाएर क्षति पु¥याएको उद्योगका जनसम्पर्क अधिकृत तुलसीजंग थापाले जानकारी दिनुभयो ।

बाढीका कारण सिमेन्ट उद्योगको मुल स्टोरमा क्षति पुगेको छ । उद्योगमा पुर्वाधार निर्माणका लागि काम गरिहेको कम्पनीले प्रयोग गरिरहेको ३ ओटा जीप र दुई वटा डोजर बाढीले बगाएको हो । निर्माण स्थल बाढीले भरिएको छ । उद्योगका संरचनाहरु बढीमा पुरिएको छ ।
चार महिना अघि संघीय संसदका सभामुख कृष्णवहादुर महराबाट शिलन्यास भएको हुवासिन सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम भईरहेको छ । पृथ्वीराजमार्गको मलेखु्बाट ११ किलोमिटर दक्षिणमा रहेको ताल्तीमा ६ सय २० जना कामदार तीन सिफ्टमा निर्माणको काममा जुटेका छन् । उद्योग निर्माणको काममा २ सय ७० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार खटिएका छन । चिनियाँले उद्योग निर्माण सम्पन्न गर्ने डेडलाइन १० महिना तोकेका छन् ।


आईतबार रातिको सिफ्टमा काम गरिरहेका मजदुर सोमबार विहान एक वजे सम्म निर्माण स्थलमै रहेका थिए । राती खोलाको वहाब बढ्दै गएपछि उद्योगले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थल तर्फ जान भनेको थियो । बाढीले उद्योग परिसरलाई बिचमा टापु बनाएर दुई तिरबाट पानी बगेको थियो । बाढीमा फसेका ५ जना मजदुरलाई, उद्योगका कर्मचारी, प्रहरी र ताल्तीका स्थानीयले उद्धार गरी सोमबार विहान सकु्शल बाहिर निकालेका छन् । दुबैतफबार्ट खोला बगेकोले बिच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु रातभरी बसेका थिए । उद्योग निर्माण स्थलमा विजुली नभएका कारण राती उद्धारमा कठिनाई भएको स्थानीयले वताए । उद्योगले जेनेरेटर चलाएर काम गर्ने गरेको भएपनि बाढी पसेपछि जेनेरेटर खोल्न समेत नसकिएको उद्योगका कर्मचारीले वताए ।


नेपाल र चिन सरकार बिच सम्झौता भई चिनियाँ र नेपालीहरुबाट संयुक्त लगानी गरि निर्माण हुन लागेको हुवासिन नारायणी सिमेण्ट उद्योग १५ अर्वको लगानीमा हुवासिन नारायणी सिमेण्ट कम्पनीले उद्योग निर्माण सुरु गरेको ४ महिना भएको छ । उद्योग १० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने उद्योग सञ्चालनमा आएपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगले लिएको छ ।


मलेखु बजारबाट उद्योग स्थलसम्म सडक र बिजुली सरकारले पुर्याइदिने सम्झौता भएपनि कुनै सरकारी पक्षबाट समयकै काम हुन नसक्दा कम्पनी आंफैले एकै पटक २४ वटा स्काभेक्टर प्रयोग गरेर ११ किलोमिटरको सडक बनाएको थियो । बाढीले दुई लेनको सडकमा समेत धेरै ठाउँमा क्षती पु¥याएको छ । पूर्ण रुपमा ग्राभेल भैसकेको सडकलाई बाढीले ठाउँ ठाउँमा क्षती बनाएको छ । मलेखु खोलाको किनारै किनार वनाईएको उक्त सडकको बिषयलाई लिएर गजुरी र वेनिघाट गाउँपालिका बिच बढ्दै गएको असमझदारी अझै सम्म कायमै रहेको छ । उद्योग वेनिघाट रोराङ गाउँपालिकामा पर्दछ भने उद्योग जोड्ने सडक बनाउँदा गजुरी गाउँपालिकाका धेरै स्थानमा हानी नोक्सानी पुग्ने अवस्था रहेको गजुरी गाउँपालिकाको दावी छ । दुई गाउँपालिका बिच बढेको विवादको बिषयमा अनुसन्धान गर्न संघीय संसदको सार्वजनिक लेखा समितिको उपसमितिले दुई महिना अघि स्थलगत अनुगमन गरी छानविन गरेपनि उप समितिले प्रतिवेदन अहिले सम्म सार्वजनिक भने गरेको छैन ।

उद्योगले ट्रान्समिसन लाइनको काम पनि आफैंले सुरु गरेको छ । कम्पनीका लागि सरकारले आर्थिक वर्ष २०७६/ ७७ को बजेटमा सडकको लागि २ करोड ४० लाख र बिजुलीको लागि २ करोड विनियोजन गरेको छ ।
कम्पनीले सामान आयातको ठेक्का चिनियाँ कम्पनी हान्दान सिनोलाई कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ भने सो कम्पनीले भारत, चीन, फिलिपिन्स लगायत देशबाट निर्माण सामाग्री ल्याइरहेको छ । कम्पनीले अर्धदक्ष कामदारलाई दैनिक ८ सय देखी हजार रुपैंया दिइरहेको छ । एकै महिनामा २६ देखि २७ दिन हाजिरी पुग्नेले कम्पनीबाट ३ हजार रुपैयाँ बोनस समेत पाउने गरेको कम्पनीले जनाएको छ ।