मलेखुमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1032 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ । जिल्लाको प्रमु्ख व्यापारिक केन्द्रका रुपमा रहेको मलेखुमा बैंकले विस्तार गरेको उक्त शाखाको बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सोमबार उद्घाटन गरेका हुन ।

शाखा उद्घाटन गर्दै श्रेष्ठले स्थानीय उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी सिर्जना हुने समेत बताएका छन । उक्त विस्तारित शाखासँगै बैंकको कुल शाखा संख्या २२२ पुगेको छ । साथै बैंकले १७५ एटिएम तथा ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।
यस अघि जिल्लाको धादिङबेसी, गजुरी र खानीखोलामा राष्ट्रिय वाणिज्य बैकको शाखा सञ्चालनमा रहेका छन ।