ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

1541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १ साउन – कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नम्बर ६ हालको त्रिपुरासुन्दरी गाउँपालिकामा विवाहमा आएका गोरखा जिल्लाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारको कुटपिट बाट मृत्यु भएको थियो ।

सोही घटनापछि फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ बस्ने मदन परियार पक्राउ परेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नं १७ ढल्कुबाट मदनलाइै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो । ‘ घटना भएको १७ वर्षपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भयो’, बैदवारले भन्न्ुभयो, ‘पक्राउ परेका मदललाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धानका लागि जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

मंगलबारनै पत्रकार सम्मेलन गरी प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ बस्ने २७ वर्षीय प्रकाश तिमल्सिनाले ११ बर्षियाा बालिकालाई डर त्रास देखाई असार २६ गते जबरजस्तीकरण गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तिमल्सिनालाई जबरजस्तीकरणी मुद्दा दर्ता गराइै अनुसन्धान थालिएको एसपी बैदवारले बताउनु भयो ।

त्यस्तै रिचार्ज कार्ड लगायतका विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १८ गते रातीको समयमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेस्थित दिपेन्द्र सिलवालको पसलबाट नगद दुई हजार, ४७ हजार बराबरको विभिन्न खाद्यान्न सामग्री, ५८ हजार बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा ज्वालामुखी गाउँपालिका वडा नं १ रातमाटे बस्ने २० वर्षीय कमल कुमाल र एक बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।