मनै लोभ्याउने सुन्दर हिमाली बस्ती रुवीभ्याली (फोटो फिचर)

2858 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–पुर्वमा पर्यटनको लागी नाम कमाएको रसुवाको लामटाङ र पश्चिममा त्यस्तै लोकप्रिय गोरखाको मनास्लु पदमार्ग , तर वीचको रमणीय पर्यटकीय संभावना वोकेको धादिङको रुवीभ्याली’ ओझेलमा । जे जे कुराले लामटाङ र मनास्लुले प्रशिद्धि कमाएका छन् ति सवै रुवी भ्यालीमा उपलव्ध छन् ।

रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल तलैया, वास वस्न योग्य होमस्टे सहितका मनोरम वस्ती, खोलानाला, नदी, सवैभन्दा सानो गुरांस सुनपाते सहित १४ थरिका लालीगुरासका जंगल , जैविक विविधता लगायत पर्यटक आकर्षण गर्ने सवै प्राकृतिक दृश्य हुंदा हुदैं किन परयो त ओझेलमा रुवीभ्याली ?


रुवीभ्याली काठमाण्डौं वाट सवै भन्दा नजिकको हिमाल प्याल्दोर आधार शिविर हो । सडक मार्ग त्रिशुली वाट रसुवा को स्याफ्रुवेंसी हुदैं १ सय ५ किमी सोमदाङ सम्म सुरक्षित सडक यात्रा गरेर फर्किने पर्यटकीय गन्तव्य पनि हो ।

रसुवा, धादिङ र गोरखाको उत्तरी भेकमा पर्ने हाल सम्मकै नौलो पदमार्ग रुवीभ्याली हो ।यो पदमार्गलाई गणेश हिमाल पर्यटन विकास समितीको सहकार्यमा ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)ले सन २०१२ देखि २०१४ सम्म सर्वेक्षण तथा प्रवद्र्धन गरि गन्तव्यको पहिचान गरेको हो ।


काठमाण्डौं वाट नजिकै रहेर प्राकृतिक, सांस्कृतिक र दुर्लभ वहुमुल्य रत्न पत्थर रुवी पनि एउटै क्षेत्रमा पाईने हुनले यस्लाई रुवीभ्याली’ नामाकरण गरिएको गणेशहिमाल पर्यटन विकास समितीका निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी कुलवहादुर गुरुङ वताउछन् । यसै रुवीभ्याली नाममा लापा, सेर्तुङ र तिप्लिङ ३ गाविसलाई समाहत गरि रुवीभ्याली गाँउपालिका समेत नामाकरण भैसकेकोछ । यस गन्तव्नयमा फरक ८ वटा गन्तव्य रहेका छन् ।

उक्त गन्तव्यलाई माथिल्लो, मध्यभाग र तल्लो भागमा विभाजन गरिएकोछ । छोटोमा ५ दिन देखि लामोमा २१ दिन सम्म पर्यटन गर्न सकिने यो भ्यालीमा पर्वतीय पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, पर्या पर्यटन, समेत गरि यो भ्यालीको महत्व निकैछ ’ टानका पुर्व अध्यक्ष एवं पर्यटन व्यवसायी रमेश धमला वताउंछन् ।


रुवीभ्यालीलाई पर्या पर्यटन संग जोडन् विस्वकै लोपोन्मुख रेडपाण्डा हाव्रेको वासस्थानहरु पत्ता लगाई सकिएको र अन्य लोपोन्मुख वन्यजन्तु र जैविक विविधता संरक्षणमा चासो राखेर विभिन्न कार्यक्रम संचालन भैरहेको जैविक विविधता संरक्षणमा कार्यरत स्थानीय संस्था उच्चपहाडी क्षेत्र संरक्षण अभियानका अध्यक्ष डेभिड घलेले वताए ।

१० मिनेटमै काचो अण्डा पाक्ने तिप्लिङको तातोपानीका मुहान र सेर्तुङको तातोपानीका मुहान नेपालकै तातोपानीका ठुला कुण्डहरुमा पर्ने अध्यक्ष घलेको दावी छ । रुवीभ्यालीका अधिकांस वस्तीहरु तामाङ र गुरु ङहरुको वोहल्यता छ ।

५ सय वर्ष पुराना वौद्ध गुम्वाहरु , ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिरहरु रहेको यो भ्यालीमा मेन्हदोमाया लोकसंस्कृति, झाँक्रीनाच, लामा नाच, घोडानाच, जस्ता परम्परागत नाचहरु पर्यटकहरुका लागी आकर्षणका केन्द्रविन्दु हुन सक्छन् ।

अझै रोचक त पदमार्ग वरपरका नारचेत, पासा वरपर रहेका दर्जनौं गोठहरुमा रहेका सयौं याक तथा चौंरी र चौंरीको प्रत्यक्ष अवलोकन चौंरी दुधवाट उत्पादित शुद्ध खाद्य पदार्थ खान पाउनु हो । याक र चौंरी संगै उक्त भेकमा परम्परागत भेडीगोठ हरु पनि अवलोकन गर्न पाईन्छ ।


मनास्लु वाट लामटाङ तर्फ जाने हुन वा लामटाङवाट मनास्लु तर्फ जाने पर्यटकहरु हुन प्रयोग गर्ने २ देखि ३ दिनको पदमार्ग धादिङकै रुवीभ्याली गाँउपालिकामा पर्ने विभिन्न वस्तीहरु हुन् । पर्यटकहरु धादिङका तिप्लिङ, सेर्तुङ र लापाका विभिन्न मनमोहक वस्तीहरु पार गरेरै मात्र गन्तव्यमा पुग्छन् ।


पर्यटकहरुको सुविधाको लागी जिल्ला विकास समितीले गणेश हिमाल पर्यटन विकास समिती, नेपाल पर्यटन वोर्ड, टान, पर्वतारोहण संघको सहयोगमा रसुवा र धादिङको सिमाना ३३ सय मिटरको उचाईको सोमदाङमा व्यवस्थित पर्यटक सूचना केन्द्र निर्माण हुदैं गरेको स्थानीय संस्था टोकनका अध्यक्ष घलेले वताए ।


प्याल्दोर वेसक्याम्प, र पासामा टानले यस अघिनै पोर्टर सेल्टर निर्माण गरि सकेको छ भने भुकम्प पछि भत्केका पदमार्गको मर्मत सूुधार गरि सकेकोछ । रुवीभ्यालीमा संचारको व्यवस्थाका लागी लापा र तिप्लिङमा नेपाल टेलिकमले मोवाईल टावर सुचारु गरि सकेकोछ ।

लामटाङ र मनास्लुको भुभागलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रले थप उचाई लिने ’ गणेश हिमाल पर्यटन विकास समितीका अध्यक्ष तेजवहादुर गुरुङले वताए ।

  • शव्द /तस्बिर – हरिहर सिंह राठौर / कान्तिपुर