त्रिशूली नदीमा बस खस्यो ३ जनाको मृत्यु, ११ जनाको उद्धार(थप बिबरण आउन बाँकी )

1229 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सलाङघाट (धादिङ),२४ साउन – सर्लाही बाट काठमाण्डौंका लागि छुटेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परि अहिले सम्म ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । घाईतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान छ ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाण्डौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस विहान ३.३० वजे तिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा डुविरहेको छ भने निकै अप्ठेरो ठाउँमा दुर्घटना भएको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ । घाईतेको उद्धार गरि उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ ।

दुर्घटनाको खबर आउनासाथ नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटिएर उद्धारमा जुटेका छन । दुर्घटनाको थप विबरण आउन भने अझै बाँकी नै रहेको छ ।